कोरियाको हिलो महोत्सवमा नेपालीले लिए मज्जा

कोरियाको हिलो महोत्सवमा नेपालीले लिए मज्जा

सोल : कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ । थेछनको समुद्री किनारमा भइरहेको हिलो महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको छ । विशेषगरी साप्ताहिक विदाको दिन पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गरिएको यस महोत्सवमा नेपालीहरु पनि जाने गरेका छन् ।

20314625_10154817337093603_1444326961_o

समुद्रको छालमा खेलेर तथा हिलोमा खेलेर मज्जा लिन कोरियन लगायत विदेशी पर्यटक जाने गरेका छन् । महोत्सव सन् १९९८ देखि हरेक वर्ष आयोजना गरिदै आएको छ । यहि जुन ३१ तारिखबाट सुरु भएको यो महोत्सव जुलाई ३० तारिखसम्म चल्ने आयोजकले जनाएको छ ।

korea_hilo

कोरियाले देशको धार्मिक, ऐतिहासिक अन्य क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न बेला बेलामा यस्ता खाले महोत्सवको आयोजना गर्ने गरेको छ । गर्मी विदामा घरेलु खपत वृद्धि गर्न भारी छुट सहितको व्यापार मेला, यात्रा गर्न सवारीमा छुट दिने गरेको छ । जसका कारण आन्तरिक तथा विदेशी पर्यटक वृद्धि हुने गरेको छ । कोरियामा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्छन भने जापान, दक्षिणपूर्वी मुलुक, युरोपियन र दक्षिण अमेरिकी मुलुकका पर्यटक भ्रमणका लागि आउने गरेका छन्।

korea_hilo2


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.