जर्मनीमा नेपालको चिन्ता

जर्मनीमा नेपालको चिन्ता

 

जर्मनी (फ्र्याङ्कफर्ट) : गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय बैठक शनिबार जर्मनीको फ्र्याङ्कफर्टमा सुरु भएको छ । एनआरएनए युरोपको १०औं बैठकसँगै आठौं क्षेत्रीय महिला सम्मेलनसमेत हुँदै छ ।

बैठक उद्घाटनमा संघका अध्यक्ष शेष घलेले नेपाल धनी नभएसम्म विदेशमा बस्ने नेपालीले पनि सम्मान नपाउने उल्लेख गर्दै आफ्नो मुलुकको समृद्धिका लागि अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे । विदेशमा सफलता प्राप्त गरेको जनशक्तिलाई नेपालमा भित्याई काम गर्ने वातावरण बनाउन संघको भूमिका रहने अध्यक्ष घलेले बताए । उनले गौरव र भावनाको डोरीमा आबद्ध भएर मात्र लक्ष्य पूरा नहुने देखिएको स्पष्ट पारे । सही दृष्टिकोण र बलियो संरचना हुनुपर्ने उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनमा प्रतिबद्धता आवश्यक रहेको सुनाए ।

संघका उपाध्यक्ष कुमार बस्नेतले संस्थाले स्थापनाको १४ वर्षमा नेपाल र नेपालीको हितमा काम गरेको सुनाए । गैरआवासीय नेपालीको नयाँ पुस्तालाई संस्थामा ल्याउन र उनीहरूलाई मुलुकको विकासमा लगाउन चुनौती देखिएको उनले बताए । युवा र महिला उद्यमशीलतामा आबद्ध भएकालाई व्यवसायको सञ्जालमा ल्याउनुपर्ने नेपालको आवश्यकता भएको उनको भनाइ थियो । ‘युवालाई नेपालमै टिकाउन नसकेसम्म विकास हुँदैन', उनले भने।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुकको समृद्धिका लागि विदेशमा रहेका नेपाली लाग्नुपर्ने बताए । स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो । प्रमुख संरक्षक जीवा लामिछानेले सामाजिक, आर्थिक, सांस्कृतिक संरक्षणसहितको नागरिकता पाउने आस सुनाउँदै विदेशमा उठाएका हरेक विषयलाई नेपालमा सकारात्मक रूपमा हेरिएको बताए ।

संरक्षक दिल गुरुङले विदेशमा बस्ने नेपालीबीच एकता नभए त्यसको असर नेपालमा बताएका थिए ।जर्मनीस्थित नेपाली राजदूत रमेशप्रसाद खरेलले विश्वभर छरिएर रहेका हरेक नेपालीले नेपालको चिन्ता गरिरहेको बताएका थिए । अब चिन्ताभन्दा काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
संघको जर्मन अध्यक्ष नवजाराज रोस्याराले संस्थामा रहेको तिक्तता हटाएर एकताका लागि यो बैठक महत्वपूर्ण रहेको बताए । संस्थाको नेतृत्व अब दोस्रो पुस्तालाई जिम्मा दिनुपर्नेमा बैठकका सहभागीले जोड दिएका थिए । अध्यक्षदेखि सल्लाहकारसम्मले संस्थाको आगामी अधिवेशनमा दोस्रो पुस्ताले भाग लिनुपर्ने बताएका थिए ।

सल्लाहकार विश्वआदर्श पण्डितले संस्थामा नयाँ-नयाँ नेतृत्व आई भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने बताए । पूर्वप्रमुख संरक्षक रामप्रताप थापा, सल्लाहकार पुष्प थापा र त्रिलोक गुरुङले विदेशमा नेपालीको संख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूले आर्थिक विकासमा जोड दिनुपर्ने बताएका थिए ।

विधान मस्यौदा समितिका संयोजक डा. हेमराज शर्माले ‘एकपटकको नेपाली सधैंको नेपाली' भन्दै दोस्रो पुस्ताले संस्था सञ्चालनको जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरेका थिए । दुई दिन चल्ने बैठकमा कार्यान्वयनमा रहेका तथा भावी योजना, व्यापार, नेपालमा लगानी, पर्यटनको विकास र चुनौतीबारे छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.