नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा महिला निर्वाचित
सोल: नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाको अध्यक्ष पदमा पहिलो पटक महिला निर्वाचित भएकी छिन्।राजधानी सोलमा सम्पन्न १६औ अधिवेशनको निर्वाचनमा निकतम प्रतिद्धन्द्धी जित बहादुर गुरुङलाई भारी मतले पराजित गर्दै बुटवलकी अञ्जु केसी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
के.सीले कुल खसेको मत मध्ये ४ सय ८४ मत ल्याएर निर्वाचित भइन्। उनका निटतम प्रतिद्वन्द्वी गुरुङले २सय ८८ मत ल्याए। त्यस्तै उपाध्यक्षमा प्रकाश ढुंगाना, महासचिवमा निर्मल कुमार बेल्वासे, सचिवमा कृष्ण बस्याल, कोषाध्यक्षमा राजकुमार स्याङताङ र सह-कोषाध्यक्षमा विष्णु प्रसाद घिमिरे निर्वाचित भएका छन्।
कोरियामा दूतावास खोल्नु अघि नेपालीका लागि महत्वपुर्ण भूमिका खेल्दै आएको एनसीसी पछिल्लो समय गरिमा जोगाउन नसकेको आरोप लाग्दै आएको छ। कोरियामा बस्ने नेपालीहरुले मुख्य चाड र विदामा संघसंस्थालाई सांस्कृतिक, चिठ्ठा, भलिबल प्रतियोगिता बाँडफाडमा मात्र सिमित हुने गरेको आलोचना गर्दै आएका छन्।
उनीहरुले कार्यक्रम पारदर्शी रुपले बाँडफाड नभएको आवाज उठ्ने गरेकोले के.सी नेतृत्वको नयाँ कार्यसमिति माथि एनसिसिको गुमेको साख जोगाउन चुनौती रहेको छ। एनसीसी सन् १९९३ मा स्थापना भएको थियो।