देवी ज्ञवालीका छोरा निरब २५ हजार धरौटीमा रिहा

देवी ज्ञवालीका छोरा निरब २५ हजार धरौटीमा रिहा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका उमद्वारा एमाले नेता देवी ज्ञवालीका छोरा निरब ज्ञवाली २५ हजार धरौटीमा रिहा भएका छन्।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनका क्रममा निरबले भरतपुर महानगरपालिकाकै मेयर पदकी प्रत्यासी रेणु दाहालबारे सामाजिक सन्जालमा अपशब्द लेखेको भन्दै चितवन प्रहरीमा जाहेरी परेको थियो। चितवन प्रहरीले काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेपछि यस सम्बन्धमा अनुसन्धान अगाडि बढेको थियो।

गत असार ३ गते दर्ता भएको मुद्दामा प्रहरीले ३५ दिने हद म्यादभित्र पक्राउ गर्न नसकेपछि केही दिनअघि सरकारी वकिलमार्फत् अदालतमा मुद्दा पेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेपछि निरबलाई महानगरिय अपराध महाशाखाको टोलीले बुधबार पुतलीसडकबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ गरेर निरबलाई बुधबार नै काठमाडौं जिल्ला अदालत पेश गरेको थियो। सरकारी वकिलले निरबविरुद्ध पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना मागदाबी गरेका भए पनी उनी २५ हजार धरौटीमा रिहा भएका हुन्।


जेठ १४ गते राति भरतपुर महानगरपालिकाको मतगणनाका क्रममै मतपत्र च्यातिएपछि निरबले रेणुलाई गाली गरेर सामाजिक सन्जालमा लेखेका थिए।भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा शुक्रबार पुन मतदान हुँदै छ। रेणुका श्रीमान् अनिल कुमार पाठकले निरबविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.