‘सेफ्टी पिन’ अप्रेसनको पहिलो दिन पाकेटमार समातिए

‘सेफ्टी पिन’ अप्रेसनको पहिलो दिन पाकेटमार समातिए

काठमाडौं : सार्वजनिक यातायातमा हुने महिलाविरुद्धको यौन हिंसा रोक्न महानगरिय प्रहरी कार्यलयले चलाएको ‘सेफ्टी पिन अप्रेसन’मा एक पाकेटमार समातिएका छन् ।

सार्वजनिक यातायातमा स्टिङ अप्रेसनमा खटिएको प्रहरी टोलीले काठमाडौं जडीबुटी बस्ने काभ्रेको सिचाउने–५ का २४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो ।लामाले चलिरहेको बसमा यात्रुबाट नगद चोरी गरेका थिए ।

नयाँ बसपार्कबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको बा.२ ख ५९८० नम्बरको बसमा काठमाडौं सामाखुसी बस्ने बैतडीको बिजयपुर–४ का २७ वर्षीय शेरबहादुर महराको पाइन्टको गोजीमा राखेको नगद ५० हजार रुपैयाँ चोरी भएको हो ।

बसमा सवार रहेकै बेला काठमाडौं सिनामंगल ओरालो नजिक ५ जनाको समूहमा आएका पाकेटमारले चोरेको भन्ने जानकारी प्राप्त हुनासाथ सोही बसमा महिला हिंसाविरुद्ध खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो।

पाकेटमारीमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच बुधबारदेखी सुरु भएको सेफ्टी पिन अप्रेसनमा दुई जना समातिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.