जीप दुर्घटनामा चालकको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु

दमौली : व्यास ८ पुलिमराङमा स्कूलको विद्यार्थी बोक्ने जीप बिहीबार दुर्घटनामा पर्दा चालकको ज्यान गएको छ । विद्यार्थी पुर्‍याएर फर्केको इनसाइड भिजन बोर्डिङ स्कुलको ग १ ज ५००९ नम्बरको जीपसहिद धर्म विद्यालय माथिको भिरबाट तीन सय मिटर तल खसेको थियो ।

घटनामा घाइते चालक व्यास ९ गैरिस्वाँरा निवासी मोहनसिंह गुरुङको उपचारको लागि लैजाने क्रममा हुलाकी डाँडा नपुग्दै निधन भएको स्थानीयले जनाएका छन् । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पताल राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा निकै तल खसेको जीप क्षतविक्षत बन्न पुगेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.