एनआरएनए जर्मनीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौः गैह्र आवाशीय नेपाली संघ (एनआरएनए) जर्मनीले आसन्न अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
एनआरएनए जर्मनीले सार्वजनिक गरेको कार्यतालिका अनुसार अर्काे अगष्ट १० गते देखि १५ गतेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय छुट्याएको छ भने अगष्ट २२ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ।
अगष्ट २३ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ भने अगष्ट ३१ गते साँझ ६ बजेसम्म एनआरएनको सदस्यता वितरण गरिने छ। सदस्यता वितरण अनलाईनबाट हुने र त्यसका लागि दुई बर्ष नेपाल बाहिर बसेको प्रमाण हुनुपर्ने एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोश्याराले बताए।
उनका अनुसार नोभेम्बर १० गते बिहान नौ बजे देखि बेलुका पाँच बजेसम्म मतदान हुने छ। मतदानका लागि एनआरएनए जर्मनीको एलसीसी भएका ६ वटै ठाउँहरु फ्र्यांकफोर्ट, ह्याम्बर्ग, बर्लिन, म्यूनिख, ब्रेमेननिदरज्याक्सन र एनआरबी तोकिएको अध्यक्ष रोश्याराले बताए।
एनआरएनए जर्मनीको राष्ट्रिय सम्मेलन भने अगष्ट १५ गते ह्याम्बर्ग शरहमा हुनेछ।