कुवेतमा दस वर्ष जेल जीवन बिताएकी डोल्मालाई अमेरिकाबाट पाँच लाख सहयोग
काठमाडौं: फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेतमा दस वर्ष काराबास जीवन बिताएर फर्किएकी डोल्मा शेर्पालाई अमेरिका शेर्पा किदुकले ५ लाख ७ हजार सहयोग गरेको छ। राजधानीमा कार्यक्रम गरेर किदुकले शेर्पा सेवा केन्द्र मार्फत डोल्मालाई ५ लाख सहयोग गरेको हो।
डोल्मा २०६२ सालमा घरेलु कामदारको रूपमा भारतीय बाटो हुँदै कुवेत पुगेकी थिइन्। एउटा घरमा सरसफाइको काम गर्नेक्रममा डोल्मालाई सहकर्मी फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेत सरकारले पक्राउ गर्यो। अभियोग सदर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनायो।
कुवेतमा कार्यरत राजु नागपालले इमेलमार्फत डोल्माको घटना विवरण पठाएपछि २०६४ साल पुस २६ गते माइती नेपालले सचिवालय स्थापना गरी डोल्मा जीवन बचाऊ अभियान सुरु गरेको थियो।