छिमेकी मुलुक विरुद्ध नेपालको भूमिलाइ प्रयोग गर्न दिँदैनौ: भट्टराई
नयाँ दिल्ली: नेकपा एमालेका सचिव योगेश भट्राइले आफ्नो पार्टीले दिल्ली र चाइना कार्ड नखेल्ने बताएका छन्।एमालेले चीन र भारतसँग समदुरीको सम्बन्ध राख्न खोजेको पनि स्पष्ट पारे।
एमाले निकट विद्यार्थीहरूको संगठन अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्राइले भने, 'हामी दिल्ली र चीन कार्ड खेल्दैनौ, अनि छिमेकी मुलुकका विरुद्ध नेपालको भूमिलाइ प्रयोग हुन पनि दिदैनौं।'
भट्राईले भुटान र दार्जिलिंगको मामिलामा नेपालले कुनै चासो नराखेको भन्दै नेपालको आन्तरिक मामिलामा पनि छिमेकीको चासो अमान्य हुने स्पष्ट पारे।एक प्रसँगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै कारण नेपाल-भारतबीचको सम्बन्धमा चिसोपना आएको भन्दै उनले एमालेले भारतसँग दूरी बढाउन नखोजेको प्रष्ट पारे। उनले भने, 'हामी भारतसँग निहुँ खोज्ने र दूरी बढाउने पक्षमा छैनौँ।'
आर्थिक क्रान्तिको बाटोमा उन्मुख नेपालमा चार्टड एकाउन्टेन्ट अध्ययन गरेका दक्ष जनशक्तिले अवसरकालागि मन खुम्च्याउनु नपर्ने बताए। आगामी दश वर्षभित्र एप्पल गुगल लगायत बहुराष्ट्रिय कम्पनीका कार्यालयहरु खुल्ने संभावना औल्याउदै उनले भने, 'सीए पढेको विद्यार्थीहरूले काम खोज्न, बेलायत, अमेरिका जानुपर्दैन, काठमाडौँमै सम्भावना छ। नेपालमै उहाँहरूले काम पाउनुहुन्छ।'
भटराइले कार्तिक, मंसिरसम्ममा मुलुकमा तीन तहको निर्वाचन भइसक्ने र बहुमतसहित एमालेले सरकारको नेतृत्व गर्ने समेत जिकिर गरे। कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली आइपुगेका भट्राराई सोमबार काठमाडौं फर्किदैछन्।