यस्तो छ कञ्चनपुरका दिपकले कोरियामा लेखेको ‘सुसाइ नोट
सोल : ‘अव म रहेन,कसैले मलाई लगिसक्यो,त्यसैले मनमा हजार सपना थिए,पूरा गर्न सकिन,सरी,मेरो आइडी कोड ३००००० कोठामा छ । घरमा पठाइदिनु’ नेपालको कञ्चनपुरबाट १६ महिना अगाडि बैदेशिक रोजगारीको खोजीमा दक्षिण कोरिया पुगेका २५ बर्षीय दिपक सिंहले यस्तो सुसाइड नोट लेखेर मंगलबार साँझ आत्महत्या गरेका छन् ।
साँझको खाना खाएपछि नियमित डयूटीमा नपुगेपछि सोधखोज गर्दा सिंहलाई होइसंगस्थित बंगुर फार्म नजिकैको जंगलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको सुदुरपश्चिम समाजका अध्यक्ष नविन कार्कीले बताए । कार्कीका अनुसार घर जान छुट्टी माग्दा कम्पनीले नदिएको,काम गरिरहेको कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्न चाहेको तर नपाएकोमा दिपकले चिन्ता व्यक्त गर्दै आएका थिए ।
अघिल्लो दिन मात्रै पर्वतका केशव श्रेष्ठले आत्महत्या गरेका थिए भने पर्वतकै बिष्णुप्रसाद घिमिरे कार्यस्थलमा भएको दुर्घटनामा परी ज्यान गुमाएका थिए । धादिङका मंग तामाङको पनि केहि दिन अघि किर्ना नामक किराको टोकाइबाट हुने सेट्स् रोगबाट मृत्यु भएको थियो ।