जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहको उम्मेद्वारी

जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहको उम्मेद्वारी

काठमाडौं : आगामी सप्टेप्वर १७ अर्थात असोज १ गते हुन गइरहेको नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहले उम्मेद्वारी घोषणा गरेका छन् । लामो समयदेखि विभिन्न समूहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकताको रुपमा आगामी असोजमा अधिवेशन तय गरिएको छ ।

नेपालबाट बेलायतमा पुगका सिंह जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील रहेका छन् । चेतनाथ खनाल जनसम्पर्क समितिको सभापति रहँदा सिंहले महामन्त्रीको रुपमा रही कार्य गरिसकेका छन् । बेलायतबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंह नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत हुन् ।

सिंहले २०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको ईकाई सभापति, २०५५ मा सोही क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र २०६० सालमा स्ववियु सभापतिको उम्मेदवार समेत दिएका थिए । सिंह २०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको रुपमा जिम्मेवारी समेत सम्माली सकेका छन् ।

लामो समयसम्म जनसम्पर्क समिति युके विभाजित अवस्थामा रहेको र समयमा अधिवेशन हुन नसकेको अवश्थामा आगामी अधिवेशनबाट सबैलाई समेटेर अघि बढ्ने योजनाका साथ आफुले उम्मेद्वारी दिने निर्णय गरेको उनको भनाईछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.