मलेसियामा नेपालीसहित तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

मलेसियामा नेपालीसहित तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

क्वालालमपुर (मलेसिया) मलेसियाको प्रहरीले आतङ्कबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्कमा रहेका व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

पक्राउ पर्नेमा विशेष गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।

यसै महिनाको अन्त्यतिर मलेसियामा २९औं दक्षिण एसियाली खेलकुँद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.