कोसी ब्यारेजका ढोका खोल्न सरकारद्वारा भारतसँग आग्रह

कोसी ब्यारेजका ढोका खोल्न सरकारद्वारा भारतसँग आग्रह

काठमाडौ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीसहित नेपालका सीमावर्ती क्षेत्रमा रहेका बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी मार्फत राप्तीको लक्ष्मणपुर र सप्तकोशीसहित सीमावर्ती क्षेत्रका सबै बाँधका ढोका खोलिदिन भारत भारत सरकारलाई आग्रह गरेका हुन ।

उपप्रधानमन्त्री महराले अन्नपूर्णअनलाइनसँग भने ‘मैले बिहान र अपरान्ह दुई पटक भारतीय राजदूत मार्फत भारत सरकारलाई नेपालका सीमावर्ती क्षेत्रका सबै बाँध खोलिदिन भारत सरकारलाई अनुरोध गरेको छु । नेपालका नदीहरुमा पानीको बहाव बढदै गएका कारण यस्तो आग्रह गर्नु परेको हो ।’ 

मन्त्री महराले शनिवार बिहान बाँकेको लक्ष्मणपुर बाँधका ढोका खोल्न आग्रह गरेका थिए भने अपरान्ह सप्तकोशीसहित सीमावर्ती बाँधका ढोका खोल्न भारत सरकारलाई आग्रह गरको थिए ।

उपप्रधानमन्त्री महराले कोशी,गण्डकी र राप्ती नदीसहित सीमावर्ती बाँधका ढोकाहरु  खोलिदिन गरेको आग्रहलाई स्वीकार गरी भारतीय राजदूत पुरीले आफनो सरकारलाई जानकारी गराएका थिए । भारतीय राजदूत पुरीले उपप्रधानमन्त्री महरालाई दिएको जानकारी अनुसार भारत सरकारले प्रक्रिया पुरयाएर बाँधका ढोका खोल्न थालेको छ । 

कोशीमा ५६ वटा ढोका छन् । कोशीका ३३ वटा ढोका मात्रै खोलिएको छ । 

तराईका अधिकाँश जिल्ला बाढी र डुवानमा परेका छन् । बाढी र पहरोबाट ३० जनाको मृत्यु भइसकेको छ । बाढीका कारण तराईका जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

कोशीमा सबै ढोका नखोलेका कारण बिराटनगर समेत डुवानमा परेको छ । 

झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनाद्र्धन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । 

लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्।

पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ वटा मात्र ढोका खुल्ला गरिएको छ। पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

सप्तकोसी नदीमा शुक्रबार बिहान प्रतिसेकेण्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको भएपनि दिउँसोबाट अझ बढ्दै गएको एसपी माझीले बताए। सप्तकोसीमा पानीको बहाव उच्च भएका कारण सुनसरीको बराहा नगरपालिका स्थित श्रीलंका टापुका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको महेन्द्रनगरका रमेश घिमिरेले बताए। यतिबेला कोसी प्रभावित क्षेत्रका बासिन्दाहरु त्रसित देखिन्छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.