कांग्रेस सांसदको एक महिनाको तलब बाढी पीडितलाई

कांग्रेस सांसदको एक महिनाको तलब बाढी पीडितलाई

काठमाडौं: नेपाली कांग्रेसले बाढी पहिरो पीडितलाई राहतस्वरुप आफ्ना सांसदहरुको एक महिनाको तलव उपलब्ध गराउने भएको छ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने   निर्णय गरेको हो। का‌‌ग्रेसबाट दुइ सय सात जना सा‌सद छन्। यस्तै पीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न पार्टी नेता एवम् कार्यकतालाई समेत निर्देशन दिएको छ। 

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले उद्धार कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ती दिन समेत कांग्रेसले सरकारलाई भनेको छ।

यस्तै घरवारविहीन भएकाहरुको उचित बसोबासको व्यबस्था गर्न र उनीहरुलाई तत्काल राहतको व्यबस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.