भारतीय दूतावासले भन्यो, सप्तकोशी ब्यारेजका सबै ढोका खुले

भारतीय दूतावासले भन्यो,  सप्तकोशी ब्यारेजका सबै ढोका खुले

काठमाडौं : परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नेपालमा बाढीले पारेको प्रभावका विषयमा फोन वार्ता भएको छ । उपप्रधानमन्त्री समेत रहेका महरा र विदेशमन्त्री स्वराजबीच टेलिफोनमा कुराकानी भए लगत्तै भारतीय दूतावासले भारत तर्फका सबै ढोका खुला गरेको उल्लेख गरेको हो ।

महरासँगको फोन वार्तापछि भारतीय दूतावासले ट्वीटमा भनेको छ, ‘सप्तकोसी, गण्डक र राप्ती नदीका भारत तर्फका सबै ढोका खोलिएको छ ।’

सँगै भारतले नेपाल र भारत दुवै तर्फ भारी वर्षा भएको र यस विषयमा भारतीय दूतावास, बिहार, उत्तर प्रदेशका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेको छ । ‘बाढीबाट उत्पन्न समस्या नेपाल र भारत दुवै तर्फ भारी वर्षा भएकाले हो । यस विषयमा भारतीय दूतावास बिहार र उत्तर प्रदेशका स्थानीय अधिकारीसँग निरन्तर सम्पर्कमा छ’, दूतावासको अर्को ट्वीटमा भनिएको छ ।

महरासँगको टेलिफोन वार्तामा नेपालमा आइपरेका सबै खालका समस्यामा सहयोग गर्न भारत तयार रहेको आश्वासन विदेशमन्त्री स्वराजले दिएकी थिइन् । त्यसलगत्तै भारतीय दूतावासले सप्तकोशी, गण्डक र राप्ती नदीका भारत तर्फका सबै ढोका खोलिएको जानकारी गराउदै ट्वीट गरेको हो ।

यता सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीका अनुसार आइतबार साँझसम्म सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये ३३ मात्र खोलिएका छन् । अहिले सप्तकोसीको पानीको बहाब प्रतिसेकेण्ड दुई लाख ६१ हजार क्युसेक रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.