मन्त्रिपरिषद् निर्णय : मृतकलाई दुई लाख, मन्त्रीको एक महिनाको तलब पीडितलाई
काठमाडौं : मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख सहयोग दिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई दुई लाख दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले सबै मन्त्रीको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ गोबिन्द परियारका अनुसार राहत र उद्वारलाई प्रभावकारी बनाउन सरकारी निकायलाई सशक्त रुपमा परिचालन गर्ने र नागरिक तहमा पनि सक्रियता बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
परियारका अनुसार डुबानले प्रभावित तराई क्षेत्रको भ्रमणमा प्रधानमन्त्री शेर बहादुर देउवा मंगलबार जाने तय भएको छ ।