बैकिङ कारोबार अनिवार्य गरेपछि वैदेशिक रोजगारीमा जाने कामदार तरंगित

 बैकिङ कारोबार अनिवार्य गरेपछि वैदेशिक रोजगारीमा जाने कामदार तरंगित

सोल : नेपालस्थित इपिएस शाखाले नयाँ सूचना जारी गरेपछि दक्षिण कोरियामा कार्यरत नेपाली कामदारमा तरंग सिर्जना गरेको छ । बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्तर्गत इपिएस शाखा नेपालले नयाँ र कडा नियम जारी गरेपछि इपिएस कामदार तरंगित भएका हुन् । अर्थमन्त्रालयको सर्कुलरलाई इपिएस श्रम मन्त्रालयले सरोकारवाला निकायलाई नयाँ व्यवस्था पठाएकाे हेा ।

इपिएस शाखाले सूचना प्रकाशित गरी आगामी जनवरी एक देखि लागू हुने गरेर बैकिंङ च्यानल प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ । कोरिया पुनः प्रवेशका लागि बैकिङ च्यानल प्रयोग गरेको प्रमाण पत्र पेश नगरे श्रम स्वीकृत जारी नहुने पनि इपिस शाखाले जनाएको छ ।

इपिएस शाखाको सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ । धेरै जसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध हुने व्यवस्था मिलाए हुण्डी कारोबार स्वतः विस्थापित हुने धारणा राखेका छन् भने केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउँदा धेरै समय लाग्ने र शुल्क पनि मंहगो हुने गरेको गुनासो गरेका छन् ।

अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको टिप्पणी गर्ने कामदार पनि प्रशस्त छन् । कोरियामा कार्यरत अधिंकाश नेपालीले हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन् भने यहाँ आएका नेपाली बैंकले पनि नेपाली कामदारलाई आकर्षण चाहे अनुरुप गर्न सकेका छैनन् । यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।

इपिएस शाखाले पनि बैकिङ च्यानल सर्वसुलभ, सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन । यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।

सरकारले बैदेशिक रोजगारीमा गएर विदामा फर्किएका कामदारले पुन बैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिदा बैंिकङ प्रणालीबाट रकम पठाएको प्रमाण अनिवार्य पेश गर्नु पर्ने व्यवस्था गरेको छ । त्यस्तो प्रमाण पेश नगर्ने कामदारको श्रम स्वीकृति जारी नहुने र बैदेशिक रोजगारमा जान नसक्ने गरी अर्थमन्त्रालयले पठाएको सर्कुलरलाई श्रम मन्त्रालयले सम्बन्धित निकायलाई पठाएको छ ।
‘प्रमाण पेश गर्न नसक्ने व्यक्तिहरुको श्रम स्वीकृति जारी नहुने तथा बैदेशिक रोजगारमा जान नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ श्रम मन्त्रालयले सरोकारवाला निकायलाई पठाएको सूचनामा भनिएको छ ।
इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले भने ‘जो विदेश गएर फर्किन्छन् उनीहरुले बैंकिङ च्यानलबाट पैसा पठाएको प्रमाण पेश नगरेसम्म दोहोरयाएर नपठाउनु भन्ने सर्कुलर छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.