कोरियामा हरितालिका तीज यसरी मनाइयो

कोरियामा हरितालिका तीज यसरी मनाइयो

दक्षिण कोरिया : हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज कोरियामा रहेका नेपाली चेलीले हर्षोल्लासका साथ मनाएका छन् । कामको व्यस्तता र दुःखलाई थाती राख्दै नेपाली चेलीले आइतबार नाचगान गरेर तीजको भरपुर मनोरञ्जन लिएका हुन् ।

तीज आउन केहि दिन बाँकी रहदा साप्ताहिक बिदाको दिन कोरियाका विभिन्न शहरमा विभिन्न संघसंस्थाले तीज विशेष कार्यक्रमको आयोजना गरेका थिए । राजधानी सउलमा वुमन फर वुमन, सुवन शहरमा गुल्मी सम्पर्क समिति, फेन्तेक शहरमा पुर्कोट घर, थेगु, बुसानमा पनि छुट्टाछुट्टै नेपाली संघसंस्थाले तीज कार्यक्रम राखेका थिए ।

गुल्मी सम्पर्क समितिले सुवन शहरमा आयोजना गरेको तीज कार्यक्रममा नेपाली चेली तथा पुरुषको उल्लेख्य सहभागिता थियो । वर्षेनी आयोजना हुने कार्यक्रममा यस पटक धेरै संख्यामा नेपाली उपस्थित भएर दर खाइ र तीजको गीत गाएर नाचगान गरेका थिए । परदेशमा भएपनि तीजको न्यास्रो मेटाउन सुवन आसपासमा कार्यरत दर्जनौ चेली सुवनमा भेला भएका थिए ।

 हरितालिका तीजको अवसरमा स्वदेशमा दिदिबहिनीसँग नाचगान गरेको झझल्कोलाई यस कार्यक्रमले मेटाएको सहभागी एक चेलीले बताइन् । परदेशमा काम र तनाबलाई पन्छाएर एक दिन भएपनि तीज कार्यक्रममा सहभागी भइ दिल खोलेर नाच्न पाउदाँ आनन्द आएको अर्की चेलीले बताइन् ।
आयोजक समितिका अध्यक्ष गान्दिभ सुवेदीले घरबाट टाढिएर आएका चेलीले एक दिन भएपनि परदेशी भुमिमा मनोरञ्जन प्राप्त गरुन् भनेर तीज कार्यक्रमका आयोजना गरिएको बताइन । त्यसैगरी फेन्तेक, थेगु, बुसान लगायतका शहरमा पनि स्थानिय कलाकारको प्रस्तुतिमा तीज कार्यक्रम गरिएको थियो ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै गीत र नाचगान गरेर मनोरञ्जन लिने गरिने भएपनि कोरियामा कार्यरत नेपाली महिलाले नाचगान गरेर मात्र तीज मनाउने गरेका छन् । कोरियामा शिवालय नभएको कारण नेपाली महिला शिवको आराधना गर्न नपाएका हुन् । यद्यपी केही महिलाले निराहार व्रत बसेर भएपनि आफ्ना पति तथा हुनेवाला पतिको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भन्ने कामना गर्ने गरेका छन् ।
इपिएस, अध्ययन, व्यवसाय लगायत विभिन्न कामको सिलसिलामा कोरिया आएका नेपालीहरुले पछिल्ला वर्षमा मिलेर नेपाली चाँड मनाउने क्रम बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.