एनआरएनए अबुधाबीको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

एनआरएनए अबुधाबीको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएई क्षेत्रीय समिती अबुधाबीको अध्यक्ष पदमा दुर्योधन कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन्।आगामी कार्यकालका लागि अध्यक्ष पदमा कार्कीले उम्मेदवारी घोषणा गरेका हुन्।

२००३ देखि यूएईमा रहेका कार्कीले अध्यक्ष भएर एनआरएन नेपालीका पक्षमा काम गर्ने चाहना भएको बताएका हुन्। झापाली समाज यूएईको क्षेत्रीय समिती अबुधाबीको उपाध्यक्ष पदमा रहेका कार्कीले छ महिना कार्यबाहक अध्यक्ष भएर काम गरिसकेका छन्।

झापाली समाजमा रहदा भिजिट भिषामा दुबईमा संकटमा परेका नेपालीको सहयोगमा जुटेका कार्कीले एनआरएन अध्यक्ष भएर काम गर्न चाहेको बताएका हुन्। उनले भिजिट भिषामा आएका १८ नेपालीलाई विभिन्न सहयोग गरेका छन् भने सारजाहमा दुर्घटनामा परेका जीवन रानालाई सहयोज जुटाउन महत्वपूर्ण योगदान दिएका थिए।

उनकै सक्रियतामा नेपालको पूर्व तराईका बाढीपीडितका नाममा ८० हजार रुपैयाँ संकलन समेत गरिसकेका छन्। अबुधाबीको इमिरेट्स पेट्रोल केमिकल सर्भिस कम्पनीमा कार्यरत कार्की अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न तत्काल जुट्ने गर्छन्।

एनआरएनए युएईको अधिवेशन सेप्टेम्बर १५ मा हुँदै छ। केन्द्रको अधिवेशन भन्दा १५ दिन अगाडि सबै क्षेत्रीय हुने पक्का भएको छ।

क्षेत्रीय समिति अबुधाबीको भने बक्रीदको पहिलो दिन अर्थात् अगस्ट ३१ मा अधिवेशन हुने बताइएको छ। बक्रीद सेप्टेम्बर १ मा भएको अवस्थामा भने अबुधाबी र अलेन क्षेत्रको क्षेत्रीय अधिवेशन सेप्टेम्बर २ मा गर्ने सहमति भएको छ।

एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि कार्कीले झापाली समाज यूएईको क्षेत्रीय समिति अबुधाबी उपाध्यक्ष पदबाट राजीनामा दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.