महावीर पुनलाई कोरियाबाट १३ लाख सहयोग

महावीर पुनलाई कोरियाबाट १३ लाख सहयोग

काठमाडौं: राष्टिय आविकार केन्द्र स्थापना गर्ने महत्वकांक्षी योजनामा रहेका महावीर पुनलाई कोरियाबाट १३ लाख ९१ हजार २ सय बीस रुपैया सहयोग भएको छ। कोरियामा कार्यरत युवाहरु समूह स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानले उक्त रकम सहयोग गरेको हो।

 

वैज्ञानिक क्षेत्रमा खोज अनुसन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यका साथ पुनको संयोजकत्वमा स्थापना गर्न लागिएको आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार बाहिर आएपछि अभियानले रकम संकलन अभियान सञ्चालन गरेको थियो।

झण्डै डेढ महिना अभियान चलाएर एकता अभियानले उक्त रकम संकलन गर्न सफल भएको हो। संकलित रकम काठमाण्डौंमा एक कार्यक्रमका बीच अभियान संयोजक सर्वजित शाहले पुनलाई हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई विशेष धन्यवाद दिदै यसरी राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्रलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए।

नेपालमा जाने विपत् र त्यसबाट पीडित हुनेलाई कोरियामा कार्यरत नेपालीबाट रकम संकलन गरेर अभियानले यस अघि पनि आर्थिक सहयोग गर्दै आएको छ।

यस अघि बाढी पीडितलाई २ लाख दश हजार सहयोग गरेको थियो भने बर्दिबासमा मुसहर बस्ती निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई १२ लाख बराबरको आर्थिक सहयोग गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.