‘नेपाली गाडीले सहजरुपमा भारत प्रवेश गर्न पाउनुपर्छ'

‘नेपाली गाडीले सहजरुपमा भारत प्रवेश गर्न पाउनुपर्छ'

नयाँ दिल्ली : भारतमा नेपाली गाडीहरुको प्रवेश सहज बनाउन आवश्यक कागजी प्रकृया सरल बनाउनका लागि मोर्डन एरा ट्राभल एण्ड टुरका संचालक केशव अधिकारीले जोड दिए । नजिकिदँै गरेको दसैंको उपलक्ष्यमा मोर्डन एराले नयाँ दिल्लीमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि अन्नपूर्णसँग कुरा गर्दै अधिकारीले भने, ‘भारतीय गाडीहरुले नेपालको सीमानाकाको भंसारमा कागजात बनाएर सिधैं नेपाल प्रवेश गर्न पाउछन् । यसको विपरित नेपालका गाडीहरुले भारत प्रवेश गर्नका लागि लैनचौरस्थित भारतीय दूतावासको कागजात अनिवार्य लिनुपर्छ । यस्तो भेदभावपूर्ण व्यवस्था हटाउनुपर्छ ।'

 त्यस्तै नेपाल भारतको सीमानाकामा भारतीय प्रहरीले नेपाली यात्रुहरुसँग गर्ने ज्यादतीलाई निरुत्साहित गर्न दुवै तर्फबाट प्रशासकीय पहल गर्नुपर्ने सुझाव समेत उनले दिए । ‘नेपाली यात्रुहरुसँग गरिने दुव्र्यवहारमा पहिलेको तुलनामा केही कमी आएको भएपनि नेपाली नम्बर प्लेटका गाडीहरुसँग गरिने व्यवहार भने पक्षपाती छ । भारतीय प्रहरीले कागजातको खोजतलासी गर्ने, नचाहिदो सोधखोज गर्ने र बोली व्यवहार नै हेप्ने किसिमको हुन्छ', नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले भने ।

दिल्ली पोखरा दिल्ली रुटमा विगत एघार वर्षदेखि बससेवा सञ्चालन गर्दै आएको ट्राभल एण्ड टुर्सले नेपाल भारत सरकारको मैत्री बस सेवासमेत सञ्चालन गरेको छ । मैत्री बस सेवा सञ्चालन गर्दा भारतको विभिन्न सहर हुँदै नेपाल प्रवेश गर्दा कुनै किसिमको अनावश्यक भन्झट बेहोर्नु नपरेको अनुभव अधिकारीले सुनाए । उनले भने,‘ मैत्री वससेवाको स्टिकरलाई भारतका कुनै पनि निकायले चेकजाँच गर्दैनन् ।'

कार्यक्रममा प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, नेपाल भारत पत्रकार महासंघका अध्यक्ष लोकेश शाह लगायतले प्रवासमा रहेका नेपालीहरुको दुख र समस्यामा यातायात व्यवसायीहरुले आफनो तर्फबाट सहयोग गर्नुपर्ने उल्लेख गरे । बस संचालन तथा व्यवसस्थापनको जिम्मा पाँच जनाको समितिमा रहेको कम्पनीमा दुईजना व्यवस्थापकीय सञ्चालकले छाडेको हुँदा नयाँ दुइ सदस्य भित्रयाइएको पनि जानकारी गराइएको थियो । कृष्णराज गैरे र रामचन्द्र ढुंगानाको ठाउँमा ओमकार शर्मा र नारायण शर्मालाई भित्रयाइएको हो ।

सन् २०१४मा भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा गएको समयमा सुरु भएको नेपाल भारत मैत्री बस सेबा अन्तर्गत हाल दुबै मुलुकबाट एक एक गरी दुइवटा बस सञ्चालन हुँदै आएका छन् । एराले दिल्लीको आनन्द विहार र कश्मीरी गेटवाट मैत्री बससेवा सञ्चालन गर्दै आएको छ भने प्रधान कार्यालय रहेको जहाँगीरपुरीबाट दुइ नीजी बससेवा सञ्चालन गरिहरेको छ ।

७० वर्ष माथिका वृद्धहरुका लागि एक सिट निशुल्क यात्रा गराउने योजना सार्वजानिक गरेको बससेवाले स्वास्थ्योपचारका लागि अलपत्र परेका नेपालीका लागि पनि निशुल्क सेवा दिदैं आएको जनाएको छ । त्यसैगरी पत्रकारका लागि पनि एक सिट छुटको व्यवस्था यस अघि नै दिदैँ आएको छ ।

प्रवासमा रहेका नेपालीहरुको दुख र समस्यामा साथ दिनकालागि सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता एराले व्यक्त गरेको छ । दसैंको समयमा यात्रुहरुको अत्यधिक चाप हुने भएकोले बिहीबारदेखि नै अग्रिम टिकट बुकिंग खुल्ला गरेको हुँदा ब्ल्याकमा टिकट खरीद नर्गन पनि आग्रह गरेको छ । एसी बसका लागि २३ सय नन एसीको लागि १७ सय ५० भारतीय रुपैया टिकट दर रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.