हातेमालो नेपाली विद्यार्थी समुहमा नयाँ नेतृत्व

हातेमालो नेपाली विद्यार्थी समुहमा नयाँ नेतृत्व

नयाँ दिल्ली: चार्टड एकाउण्टेण्ट (सीए) अध्ययनका लागि दिल्ली आएका नेपाली विद्यार्थीहरुको सहयोग तथा नेपाली कला र संस्कृतिलाइ जीवन्त राख्ने प्रयास स्वरुप आठ वर्षअघि दिल्लीमा स्थापना भएको हातेमालो नेपाली विद्यार्थी समुह(एचएनएसजी)ले सोमबार नयाँ नेतृत्व चयन गरेको छ।

 

गैह्रराजनीतिक तथा गैर नाफामुलक संस्थाको रुपमा सक्रिय हातेमालोले आयुष्मा अर्यालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको हो। पहिलो पटक महिला नेतृत्व चयन गरेको संस्थाले उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा गोविन्द आचार्य, सहसचिवमा समृद्धि ढकाल तथा कोषाध्यक्षमा स्वरुप ढुँगानासहित दश कार्यसमित तथा अन्य विभिन्न विश्वविद्यालयमा अध्ययनरत पाँच विद्यार्थीहरुको जनसम्पर्क सदस्य सहितको पन्ध्र सदस्यीय कार्यसमिती चयन गरेको हो।

सीए अध्ययनकालागि आवश्यक पर्ने आधारभुत विषय बारे सेमिनार, आर्थिक सेमिनार,नेतृत्व क्षमता अभिवृद्धिका कार्यक्रम, साउथ एशियन क्वीज कन्टेस्ट लगायत सामाजिक सहयोग, ब्लड डोनेसन जस्ता क्रियाकलाप गराउँदै आएको संस्थाका निवर्तमान अध्यक्ष सरोज सापकोटा दक्षिण एशियाली युवाहरुको पब्लिक च्वाइस लिडर अवार्ड प्रतियोगिताको उत्कृष्ट ८ मा छानिएका छन्।

यही सेप्टेम्बर १७-१८मा भुवनेश्वरमा आयोजना हुन लागेको साउथ एशियन युथ समिटमा सो प्रतियोगिताको विजेता घोषणा गरिने कार्यक्रम रहेको छ। उत्कृष्ट ८ मा पुग्ने उनी पहिलो नेपाली विद्यार्थी हुन्। भोटिंग, स्पिकिंग र परफरमेन्सको आधारमा विजेताको घोषणा हुने प्रावधान रहेको छ।

भारतीय भूमिमा नेपाली कला र गलालाइ प्रोत्साहन गर्नका लागि विगतको शैलीलाइ निरन्तरता दिदै समुहले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। विद्यार्थीभित्र रहेको अतिरिक्त प्रतिभालाइ प्रस्फुटन गराउने उद्धेश्य अनुरुप गरिएको साँगितीक प्रस्तुतिहरुमा विद्यार्थीहरुले नेपालको कला,संस्कृति झल्काउने गीत तथा नृत्य, बाद्यबादन प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.