एनआरएन युएईको महासचिवमा निश्चलको उम्मेदवारी

एनआरएन युएईको महासचिवमा निश्चलको उम्मेदवारी

युएई : गैर आवासीय नेपाली संघ (एनआरएन) युएईको महासचिवमा निश्चल दाहालले उमेद्वारी दिएका छन्। दुई वर्षे कार्यकालका लागि एनआरएन दुबईको महाधिवेशन यही १५ तारिखमा काल्टन होटलमा हुँदै छ।

एनआरएन युएईको २०१५-१७ मा युवा संजाल संयोजक भएर काम गरिसकेका दाहाल युएईमा रहेका नेपाली युवा माझ लोकप्रिय छन्। पछिल्लो समय झापाली समाज युएईका सल्लाहाकार सदस्य समेत रहेका दाहाल रेष्टुरेन्ट व्यवसायी हुन्।

राजधानीको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसबाट अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेका दाहाल सन् २०११मा वैदेशिक रोजगारीका सिलसिलामा युएई आइपुगेका हुन्। युएई आएपछि सामाजिक सेवामा सक्रिय हुँदै उनी एनआरएनमा आवद्ध भएका हुन्।

अघिल्लो कार्यकालमा युवा सञ्जालको संयोजक बनेका दाहाल ‘बौद्धिक, सबल एवम् सहज एनआरएन आजको आवश्यकता, एनआरएन सबैको साझा बनाउने हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा लिएर महासचिव पदमा भिड्दै छन्।

नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा एनआरएनको अक्षय कोष स्थापना, युएईमा रहेका संघ सस्थासँगको सहकार्य साथै मध्यपूर्व तथा खाडीमा रहेका नेपाली श्रमीकका समस्या अन्तरास्ट्रिय स्तरमा समाधानको पहल, एनआरएन युएईलाई राजनितीक हस्तक्षेप बाट मुक्त राख्ने उनका योजना छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.