एनआरएन युएईको सचिवमा निर्विरोध

एनआरएन युएईको सचिवमा निर्विरोध

युएइ : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको शुक्रबार दुबईमा हुने सातौं महाधिवेशनबाट नयाँ कार्यसमिति गठन हुन लागेको छ । सो समितिको सचिब पदमा सिन्धुपाल्चोक सेवा समाज युएईका सल्लाहकार राजेश बोहरा निर्विरोध हुने पक्का भएको छ । सिन्धुपाल्चोकका बोहोरा रोजगारीको सिलसिलामा विगत लामो समयदेखि युएईमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

निर्वाचन समितिका अनुसार दुई जना सचिव पदमा राजेश बोहरा र मिलबहादुर गुरुङको मात्र उम्मेदवारी परेको छ । निर्वाचन समितिले दिएको समयसीमा भित्र कुनै दाबी बिरोध नपरेका कारण उनीहरु दुवैजना निविरोध निर्वाचित हुन लागेका हुन ।

 

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्षमा रमेश श्रेष्ठ र शालिक सुबेदी वीच कडा प्रतिस्पर्धा हुदैछ । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ बर्तमान कार्य समितिका उपाध्यक्ष हुन भने सुबेदी सल्लाहकार हुन् । तीन उपाध्यक्षका लागि हुने निर्वाचनको प्रतिस्पर्धामा लक्ष्मण श्रेष्ठ, नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मल कुमार पोखरेल र नर बहादुर सेनको उम्मेदवारी परेको छ। एक महासचिव पदका लागि कृष्ण पौड्याल र निश्चल दाहालको उम्मेदवारी परेको छ । कार्यसमितिको ११ सदस्यका लागि हुने निर्वाचनको प्रतिस्पर्धामा
बिदुर न्यौपाने, सम्शेर योन्जन ,सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीबन दास, केशब शर्मा नेपाल, बिष्णुहरी बगाले, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरण सुबेदी, टक बहादुर गुरुङ, नगेन्द्र प्रसाई, असार तामाङ र सागर लुइटेल गरी १८ जनाले उम्मेद्वारी दिएका छन ।


अन्तर्रास्ट्रिय (आईसीसी) सदस्यमा चित्र बहादुर केसी, ठाकुर प्रसाद ढुंगाना र नेत्र थनेतको उम्मेदवारी परेको छ । एक हजार सदस्य बराबर १ आईसीसी सदस्य हुने नियम अनुसार युएईबाट दुई जना आईसीसी सदस्य छानिने छन् ।

एनआरएनए युएईको बिधान २०१३ अनुसार बर्तमान कार्यसमिति, सल्लाहकारहरु र निर्वाचित पार्षद गरी दुई सय ८७ जना पार्षदले मतदान गरी नयाँ कार्यसमिति चुन्ने ब्यवस्था छ। एनआरएन युएईको २०१७—२०१९ कार्यकालको लागि सिन्धुपाल्चोकका मात्र चार जनाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ सचिवमा राजेश बोहरा सदस्यहरूमा विदुर न्यौपाने र सम्शेर योन्जन सिन्धुपाल्चोकका हुन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.