जागिर गुमाएको निहुँमा पोर्चुगलमा नेपालीको हत्या

जागिर गुमाएको निहुँमा पोर्चुगलमा नेपालीको हत्या

कुश्मा: रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका एक नेपालीको हत्या भएको छ। गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो। धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ। हत्यारा अर्जुन फरार छन्। प्रहरीले खोजी कार्य जारी राखेको छ। हत्याराको कुनै कागजपत्र छैन। जिसीको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ।

मृतक जिसीको शव शान्ता मारिया अस्पतालमा राखिएको छ। पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ।

एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए। मंगलबार राति करिब ११: ४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो।

३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए। उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका निवर्तमान अध्यक्ष भीम केसीले बताए। उनको देब्रे आँखामा पनि चोट लागेर निलो भएको छ। उपचारपछि भाई भने सान्ता मारिया अस्पतालबाट डिस्चार्ज भएका छन्।

भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताए। मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्चुगलमै रहेका छन्। अर्की छोरी नेपालमै रहेको बुझिएको छ। जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन्।

साविक माझफाँट गाविसका हरिबहादुर जिसी पाँच बर्षअघि पोर्चुगल पुगेका थिए। कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्चुगल गएको परिवारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.