‘उत्तरकोरिया विवादको समाधानमा सैनिक उपाय खोज्नु बिनासको बाटो’

‘उत्तरकोरिया विवादको समाधानमा सैनिक उपाय खोज्नु बिनासको बाटो’

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरियाली प्रायद्वीपमा हालै देखिएको तनावको अवस्थालाई राजनैतिक समाधान खोज्नुपर्ने बताएका छन् ।
उत्तर कोरियाले एकपछि अर्को गर्दै गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा आणविक परीक्षणले विश्व समुदायमा तनाव सिर्जना गरेको भन्दै यस स्थितिको शीघ्र समाधान खोजिनुपर्ने उनले बताएका हुन । 


“राजनैतिक समाधान मात्र सही उपाय हुनसक्छ । सैनिक उपाय विनासको बाटो हुने र यसको क्षतिपूर्ति आगामी कयौ पुस्ताले पनि गर्न सक्नेछैन, ” गुटेर्रेसले भने ।
उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप र विश्व समुदायमा मा व्यापक अस्थिरता एवम् तनाव पैदा गरेको उले बताए ।
“यस हप्ता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा गरेको नयाँ प्रस्तावले एउटा स्पष्ट सन्देश दिएको छ कि अव उत्तर कोरियाले पूर्णरूपमा यसले सुरक्षा परिषद्मा गरेका प्रतिज्ञा बमोजिम अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने छ, ” उनले भने
“तर सुरक्षा परिषद्को एकताले पनि कुटनैतिक पहलका लागि वातावरण सिर्जना गरेको छ । ”
यसैबीच एटलाण्टिक परिषद्को अन्तर्वार्तामा उच्च अमेरिकी विचारक निकोलास बर्नले उत्तर कोरियामाथि लगाइएको नयाँ प्रतिबन्द मात्रै प्रशस्त नभएको बताए । रासस÷पीटीआई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.