'हाउ दि बीजेपी विन्स' पुस्तक सार्वजनिक

'हाउ दि बीजेपी विन्स' पुस्तक सार्वजनिक

नयाँदिल्ली: पत्रकार प्रशान्त झाले लेखेको पुस्तक ‘हाउ द बीजेपी विन्स, इनसाइड इन्डियाज ग्रेटेस्ट इलेक्सन मेशीन' सार्वजनिक गरिएको छ। सोमबार नयाँदिल्लीको नेहरु मेमोरियल एण्ड म्यूजियम एन्ड लाइब्रेरीमा भारतीय पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ लगायतकाबीच पुस्तक सार्वजानिक गरिएको हो।

कार्यक्रममा वरिष्ठ पत्रकार शेखर गुप्ताले यो पुस्तकको बारेमा लेखक झासँग संवाद गरेका थिए। हिन्दुस्तान टाइम्सका एशोसिएट एडिटर झाले सन् २०१४ मा सत्तामा आएको भारतीय जनता पार्टीको विधानसभाको चुनावी उतारचढाव अनि भाजपाको परिवर्तित इमेजलाइ आधार बनाएर पुस्तक तयार पारेका छन् । विधानसभाको चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीको बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा, मणिपुरलगायत राज्यको चुनावको रिपोर्टिङ गर्ने क्रममा सँगालेका अनुभवका आधारमा उनले यो पुस्तक तयार पारेका हुन्।

भारतमा कार्यरत मधेसी मूलका नेपाली पत्रकार झाले पुस्तकमा सत्तामा आएपछि सन् २०१५ मा विहारमा भएको विधानसभा चुनावमा भाग लिएको भारतीय जनता पार्टीको हारका कारण खोतलेका छन्। त्यो हारले सबक सिकेको भाजपाले कसरी त्यसपछि २०१६-२०१७ मा उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा, र पञ्जाव राज्यमा भएको विधानसभा चुनावमा उत्कृष्ट प्रदर्शन गर्‍यो भन्ने विषयमा जिरो ग्राउन्डको अनुभव पस्केका छन्।

इमान्दार गरीब भर्सेज भ्रष्ट धनीबीचको लडाइँको रूपमा मोदी सरकारले उठाएको डिमोनिटाइजेसनको कदम, सामाजिक कल्याणको रूपमा उज्ज्वला योजना अन्तर्गत निःशुल्क ग्याँस सिलिन्डर वितरणले गरीबहरूका बीचमा पाएको प्रशंसा अनि सामाजिक आर्थिक जातिको जनगणना, उत्तर प्रदेशका किसानको कर्जा माफीपछि गरीबका मसिहा बन्न पुगेका दृष्टान्त पुस्तकमा पस्किएका छ्न्।

पुस्तकका बारेमा स्पष्ट पार्दै झाले अन्नपूर्ण पोस्टसँग भने, ‘भाजपा बाहुन र बानियाँको मात्र हो भन्ने मानसिकता तोेडेर पछिल्लो चार वर्षमा नरेन्द्र मोदीले दलित तथा निम्न मध्यमवर्गीय जनतालाई समेटेर बहुवर्गीय गठबन्धन बनाएका छन्। त्यसपछिका समयमा मोदीको समर्थनको आधार बृहत् भएको छ। डिमोनिटाइजेसनको प्रभावलाई एक थरी वर्गले विरोध गरेपछि जनताबाट पाएको समर्थनले मोदीलाई गरीबको नेता बनाएको छ। उनको त्यसपछिको निरन्तर जितले नयाँ र सफल भाजपाको इमेज बनाएको छ, पुस्तकमा यही विषय समेटेको छु।'

त्यसैगरी संगठनात्मक सुदृढीकरणमा भाजपाका अध्यक्ष अमीत शाहको भूमिका, सदस्यहरूसँग ग्रामीण तहमा गएर बुथलेभलको कमिटी बनाउने रणनीति, अत्याधुनिक प्रविधि प्रयोग गरेर भोटरको समस्या तथा डाटा संकलनमा गरेको प्रभावकारी कामलाई मैले नजीकबाट नियालेको थिएँ, त्यही कुरा पुस्तकका विषयवस्तु हुन्', उनले थपे।

उत्तर भारतमा मात्र सुदृढ सञ्जाल रहेको भाजपा सरकारसँग रहेको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को ९० वर्षको इतिहास, लिगेसीको साथ अनि पछिल्लो २० वर्षमा भाजपा संगठनको राजनीतिक आधार लालकृष्ण आडवाणी, अटल बिहारी बाजपेयीले बनाइदिएको यथार्थ पनि जोडिएको छ। साथसाथै पछिल्लो चार वर्षमा कश्मीरदेखि असम, मणिपुरसम्मको चुनावमा संघका सक्रिय सदस्य तथा भाजपाका महासचिव राम माधवको सक्रिय भूमिका लगायतका विषय पुस्तकमा समेटिएको छ।

जातीय ध्रुवीकरणका आधारमा हिन्दू भोटको राजनीति गरेको भाजपाको मुस्लिमप्रतिको दृष्टिकोण तथा एक तहमा धर्मनिरपेक्षताको मृत्युवरण जस्ता विषय उनले समेटेका छन्। २३५ पृष्ठको यो पुस्तको मूल्य ३९९ भारतीय रुपैयाँ रहेको छ। पत्रकार झाको यो दोस्रो पुस्तक हो। यसअघि उनले ब्याटल अफ द न्यु रिपब्लिक, अ कन्टेम्पोरेरी हिस्ट्री अफ नेपाल नामक पुस्तक प्रकाशन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.