रौतहटको गरुडा नगरमा मतगणना स्थगित

 रौतहटको गरुडा नगरमा  मतगणना स्थगित

रौतहट: गरुडा नगरपालिकाको मतगणना बुधवार बिहान देखि माओवादी केन्द्रको अवरोधका कारण रोकिएको छ। सो नगरपालिकाको वडा नम्बर ३ मा एक मतले कांग्रेसका उम्मेदवार कृष्ण कुमार सहनी विजयी भएको घोषणा सँगै माओवादी केन्द्रले पुन मतगणनाको माग राख्दै गणना रोकेको हो।

 

सहनीको ३ सय ८ र माओवादी केन्द्रका उम्मेदवार सैलदेवी सहनीको ३ सय ७ मत आएको थियो। साझ सम्म सहमती हुन नसकेको र सहमति पछि मात्रै गणना शूरु हुने गरुडा नगरपालिकाका मतदान अधिकृत नविन कुमार जोशीले जानकारी दिएका छन।

सो नगरको १ नम्वर वडामा संघिय समाजवादी फोरमका सरोज कुमार यादव र २ नम्वर वडामा काग्रेसका बिष्णु दयाल सहनी बिजयी भएका छन्। बुधवार साझ सम्ममा रौतहटमा काग्रेसको अग्रता छ।

काग्रेसले प्रमुख पदमा ६ तहमा माओवादी केन्द्रले ५ तहमा , राजपा र संघिय समाजवादी फोरम ३÷३ तहमा र एमाले १ तहमा अगाडि छ। इसनाथ नगरपालिका र परोहा नगरपालिकाको बिहिवार सम्ममा परीणाम आउने निर्वाचन अधिकृतहरुले जनाएका छन्।

इसनाथ नगरपालिकामा नेपाली काग्रेसका उम्मेदवार कौशिल्य देवी ३८ सय ७४ मत ल्याएर अगाडि छिन्।
सो नगरको १ र २ वडामा नेपाली काग्रसका उम्मेदवारले र ३,४,५ वडामा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारहरु विजयी भएका छन्।

यस्तै परोहा नगरपालिकामा काग्रेसका उम्मेदवार शेष वकिल माओवादी केन्द्रका अरुण जैसवाल भन्दा १८ सय बढी मतले अगाडी छन्।सो नगरको ५ वडा वडाको मत परीणाम आइसकेको छ।

१,३,४ र ५ वडामा नेपाली काग्रेस र २ नम्वरमा माओवादीका उम्मेदवार विजयी भएका छन्। रौतहटमा १६ नगरपालिका र २ वटा गाउपालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.