सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी
मलंगवा : सर्लाहीको विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरमबाट प्रमुख पदमा उम्मेदवारी दिएका जवाहार लाल यादव १९ सय ४६ मत प्राप्त गरि विजयी भएका छन् । यादवले संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार सिंहलाई ३ सय ९७ मतले पछि पार्दैं विजयी भएका हुन् । फोरम नेपालका सिंहले १५ सय ४९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा पनि नेपाल लोकतान्त्रिक फोरमकै उषा देवी १ हजार ९ सय ३२ मत प्राप्त गरि विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अन्जु कुमारी बैठाले १७ सय २१ मत प्राप्त गरेकी थिइन् ।
८ वटा वडा रहेका विष्णु गाउँपालिकामा असोज २ गते भएको स्थानीय तह निर्वाचनमा कुल ११ हजार १ सय ४१ मतदाता मध्ये ८ हजार ६ सय ८८ मत खसेको थियो ।