दार्जिलिङको हिंसामा एक प्रहरीको मृत्यु, कैयौं घाइते

दार्जिलिङको हिंसामा एक प्रहरीको मृत्यु, कैयौं घाइते

झापाः नेपालीभाषी गोर्खालीको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार बिहान भएको गोली हानाहानमा एकजना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ। उक्त घटनामा परी धेरै प्रहरी अधिकारी तथा गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका नेता तथा कार्यकर्ता घाइते भएको प्रहरीको अनुमान छ।

केही महिनादेखि लुकेर बसेका गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको पश्चिम बंगाल प्रहरीका अतिरिक्त महानिर्देशक अनुज शर्माले बताए।

१ सय ४ दिनसम्म बन्द रहेर दसैंको केही दिन अघि खुलेको दार्जिलिङमा शुक्रबार पुनः हिंसा भड्किँदा एकजना पुलिस अधिकारी पश्चिम बंगाल प्रहरीका असिस्टेन्ट सब इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको पश्चिम बंगाल प्रहरीका कानुन तथा व्यवस्था हेर्ने अतिरिक्त महानिर्देशक अनुज शर्माले जानकारी दिए।

शुक्रबार बिहान दार्जिलिङ र छिमेकी राज्य सिक्किमको सीमाना नजिकै रहेको टकभर इलाकामा केही महिनादेखि भूमिगत अवस्था रहेका गोर्खाल्याण्डका लागि आन्दोलनरत दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको खोजीमा प्रहरीको टोली त्यहाँ पुगेको पश्चिम बंगाल प्रहरीका अतिरिक्त महानिर्देशक शर्माले कोलकातामा संवाददातालाई बताए।

उनले भने, ‘हामीले पाएको विशेष सूचनाका आधारमा विमल गुरुङलाई खोज्न प्रहरी त्यहाँ पुगेको थियो। तर प्रहरीले उनीहरुको बन्दुकको सामना गर्नुपर्यो। त्यस्को फलस्वरुप हाम्रा एकजना प्रहरी अधिकारी अमिताभ मल्लिकको मृत्यु हुनुका साथै केही प्रहरी घाइते भएका छन्।’

प्रहरी अधिकारी मल्लिकको गोली लागेर मृत्यु भएपछि गुरुङका अंगरक्षक र प्रहरीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ। पश्चिम बंगाल प्रहरीका अतिरिक्त महानिर्देशक शर्माले भने, ‘उनीहरुले प्रहरीको गाडी समेत जलाए। विमल गुरुङ लगायतको टोली लुकेको स्थानमा खोजतलास गर्दा प्रहरीले ६ वटा एके ४७ राइफल, एउटा ९ एमएमको पेस्तोल, ५ सय राउन्ड गोली, बम तथा बम बनाउने सामान बरामद गरेको छ।’

गोर्खाल्याण्डका नेताले सामाजिक सञ्जालमा पठाएको सन्देश हेर्ने तर त्यस्को जवाफ नदिने दार्जिलिङका सञ्चारकर्मीले बताएका छन्। मोर्चाले विगत लामो समयदेखि भारतीय नेपाली भाषी गोर्खालीका लागि छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको माग गर्दै आन्दोलन गरिरहेको छ। विगतमा शान्तिपूर्ण रुपमा चलाइएको भनिएको आन्दोलन केही महिना हिंसात्मक बन्दै गइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.