कैलालीमा आरजु राणा र लेखराज भट्टसहित सबै उम्मेदवारको मनोनयन

कैलालीमा आरजु राणा र लेखराज भट्टसहित सबै उम्मेदवारको मनोनयन

धनगढी : दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ७ का पाँच वटा जिल्लामा मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कैलालीमा पनि शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ। प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन्। पूर्वसांसद प्यारेलाल राना प्रस्ताव र पार्टी सभापति नरनारायण शाह मनुको समर्थनमा राणाले मनोनयन दर्ता गराएकी हुन्। कांग्रेसबाटै निर्वाचन क्षेत्र नम्बर ५ को ख बाट डिल्लीराज पन्त र क बाट जीवन रानाको उमेदवारी परेको छ।

 

आरजुसँगै वाम गठबन्धनका नारदमुनी रानाको उम्मेदवारी परेको छ। रानाको प्रस्तावकमा पार्टी सचिव रणबहादुर चन्द प्रस्तावक र दीपक देवकोटा समर्थक रहनु भएको छ। वाम गठबन्धनबाट क्षेत्र नम्बर क बाट एमालेका नेपालु चौधरी र ख बाट माओवादी केन्द्रका रमेश धामीले उम्मेदवारी दिएका छन। यस्तै विवेकशील साझा पार्टीले पनि कैलाली ५ मा कैलाली क्षेत्र नम्बर क बाट नारायण चौधरी र ख बाट प्रकाश चन्द्र भट्टलाई उमेदवार बनाएको छ।

कैलाली क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट लेखराज भट्ट, प्रदेशसभा क मा एमाले पार्टी अध्यक्ष दीर्घ सोडारी र ख मा एमालेकै कृष्ण सुवेदीले मनोनयन दर्ता गरेका छन्। कांग्रेसले पनि क्षेत्र नम्बर ४ बाट शुनीलकुमार भण्डारीलाई प्रतिनिधिसभामा उठाएको छ। त्यहाँबाट प्रदेश सभा क मा यज्ञराज चौधरी र ख मा हिरादत्त भट्टले मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नम्बर ४ मा विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभाका लागि विप्लव मल्ल, प्रदेश सभा क क्षेत्रमा धनबहादुर बोगटी (धिरेन) र ख निर्वाचन क्षेत्रका लागि यज्ञराज हमाल (योगेन्द्र)ले मनोनयन दर्ता गराएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका गौरीशंकर चौधरीको उम्मेदवारी परेको छ भने प्रदेश सभा क मा माओवादी केन्द्रका नेता वीरमान चौधरी र ख मा एमाले नेता अमर साउदले मनोनयन दर्ता गरेका छन्। यस्तै नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि रामजनम चौधरीको मनोनयन दर्ता गराएको छ भने प्रदेशसभा क बाट पुरन चौधरी र ख बाट लक्ष्मण शाहीको मनोनयन दर्ता गराएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले छोडेर कांग्रेस प्रवेश गरेका मोहनसिह राठौरले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन भने प्रदेश सभा क का लागि हिम रावल र ख मा अरुण चौधरीले मनोनयन दर्ता गरेका छन्। वाम गठबन्धनबाट भने एमालेका केन्द्रीय सदस्य झपट रावलले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेश सभाका लागि वाम गठबन्धनले क्षेत्र नम्बर क बाट रतन थापा र ख बाट नन्दराम साउदको मनोनयन दर्ता गराएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट भने कांग्रेसबाट ईश्वरी न्यौपाने र वाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा शाह) को मनोनयन दर्ता भएको छ। वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश क मा एमालेका लालबीर चौधरी र ख बाट माओवादी केन्द्रका नेपबहादुर चौधरीलाई उमेदवार बनाएको छ। कांग्रेसले क्षेत्र नम्बर १ क बाट जनकराज चौधरी र ख बाट रणबहादुर रावललाई प्रदेश सभाका लागि उमेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.