दिल्लीमा एक नेपाली महिलाको उद्धार

दिल्लीमा एक नेपाली महिलाको उद्धार

नयाँ दिल्ली: वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेका श्रीमानसँग भेट्न जाने भनेर दाङबाट दिल्ली आइपुगेकी एक नेपाली महिलाको उद्धार गरिएको छ। बिहीबार दिल्लीको पहाडगंज पुलिस थानाबाट यी महिलाको उद्धार गरिएको हो।

हेल्प नेपाली मिसन संस्थाका प्रतिनिधिहरुले यी महिलालार्इ थानाबाट उद्धार गरेका हुन्। उद्धारपछि मिसनका संचालक कवि कार्कीले महिलालार्इ शक्ति समुहको जिम्मा लगाएको हो। २४ वर्षकी यी महिलालाइ दिल्लीको भगवानदास रोडमा रहेको अस्थायी संरक्षण गृह(वाफनो घर) मा राखिएको शक्ति समुहका दिल्ली प्रतिनिधि प्रमोद पोखरेलले बताए।

'श्रीमान रोजगारीका लागि चार वर्षअघि कुबेत गएका थिए। उहाँको सल्लाहमै म पनि जाने भनेर दिल्ली आइपुगेकी थिए, तर अलपत्र परे', उनले अन्नपूर्ण पोष्टसँग फोनमा कुराकानी गर्दै भनिन्। दिल्लीबाट वैदेशिक रोजगारीकालागि जान प्रतिवन्ध छ भन्ने कुराको भेउ नपाएकी यी महिलाले यसअघि आफ्ना दिदी फुपुहरु पनि यसैगरी विदेश गएको दावी गरिन्। यसभन्दा बढि कुराकानी गर्न उनी मानिनन्। बुधबार रात्रिकालीन बसमा दाङबाट हिडेकी यी महिला बिहीबार नै दिल्ली आइपुगेको बुझिएको छ।

यात्राकै क्रममा बसमा चिनजान भएका मान्छेहरुले विदेश जाने प्रलोभनमा बेचिएका घटनाहरु सुनाएको हुँदा उनको मनमा पनि ढ्याँग्रो ठोकिसकेको थियो। बसमा एक अपरिचित व्यक्तिसँग चिनजान भएको र दिल्ली उत्रिनासाथ उसैले अटो खोजेर पहाडगंज सम्म ल्याइपुर्‍याएको महिलाले बताएको समुहका पोखरेलले बताए। पहाडगंज एक होटलमा लगेर त्यहाँ उसका साथीभाइहरुसँग खासखुस कुरा गरेको सुनेपछि शंका लागेर भागेर पहाडगंज प्रहरी थानामा मदत माँग्न गएको उनीसँगको कुराकानीपछि पोखरेलले अन्नपूर्णसँग बताए। आफ्नो बठ्यार्इका कारण दलालको चंगुलमा फस्नबाट जोगिएकी हुन्।

महिलाका अनुसार काठमाडौंमा रहेको डोटी म्यानपावर कम्पनीले कुबेतका लागि कागजातको जिम्मा लिएको थियो। उनको पासपोर्ट भिसा दिल्लीमै पाउने भनिएको थियो। मानसिक दबाबमा रहेकी महिलासँग यसभन्दा बढी जानकारी लिन सकिएको छैन्। उनले दिल्लीमा सम्पर्क गर्ने भनिएको व्यक्तिको नाम पनि बताएकी छैनन्। शनिवार साँझको महिलालाइ नेपाल पुर्‍याउने समुहका पोखरेलले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.