मतदातालाई थाहा छैन भोट कसरी हाल्ने

मतदातालाई थाहा छैन भोट कसरी हाल्ने

दमौली : म्याग्दे गाउँपालिका बाख्रेकी सीतामाया विकलाई चुनाव हुन्छ भन्ने थाहा छ तर कति जनालाई मत दिने थाहा छैन।

‘पैलेजस्तै होला नि,’ तनहुँ क्षेत्र नम्बर २ की मतदाता विकले भनिन्,‘पैले त ठूलो कागज थियो, अ‍ैले पनि त्यस्तै होला।’ उनले स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरूलाई मत दिएको सम्झिइन्। यसपटक दुई जना नेता छान्ने भन्ने सुने पनि मतपत्र कस्तो हुन्छ भनेर नमूना कसैलाई उनलाई देखाएका छैनन्। ‘पैले त सिकाउन आएका थिए,’ उनले भनिन्,‘अहिले त रेडियोमा पनि फुकेको छैन। सिकाउन पनि कोही आएका छैनन्।’

सोही ठाउँका सेते विकले पनि मतदान कसरी गर्ने भन्ने प्रष्ट बुझेका छैनन्। ‘चुनाव हुन्छ भन्ने सुनेको छु,’ उनले भने,‘भोट माग्न आउलान्, अनि सिकाउलान् नि।’ कति सांसद कसरी चुनिन्छन् आफूलाई थाहा नभएको उनले बताए। विगतका संविधानसभा चुनावमा दुई ठाउँमा मत दिएका सेतेलाई मत हाल्न कसैले सिकाएका पनि छैनन्।

यी दुई प्रतिनिधि घटनामात्र हुन्। मतदाता अधिकार मञ्च तनहुँका अध्यक्ष प्रकाश पन्थले चुनावका लागि दल प्रचारमा हिँडिसक्दा पनि मतदाताले आधारभूत जानकारी पाउन नसक्नु बिडम्बना भएको बताए। ‘समयमै मतदातालाई पर्याप्त जानकारी दिन जरुरी छ,’ उनले भने, ‘सदरमुकाम र आसपासमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि पहुँच पुर्‍याउनुपर्‍यो।'

जिल्ला निर्वाचन कार्यालय पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वीकार्छ।  कार्यालयका प्रमुख बाबुराम घिमिरे पर्याप्त निर्वाचन सामग्री नआएका कारण मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिन पनि नसकिएको बताउँछन्। ‘समयमै निर्वाचन सामग्री नआउँदा कार्यक्रम प्रभावित भएको छ,’ उनले भने,‘अब केही दिनमा सामग्री आए पछि तालिम चलाउँछौं।’

घिमिरेले शनिबारदेखि मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइने बताए। ‘२० दिन जनशक्ति परिचालन गर्ने योजना छ,’ उनले भने, 'यहाँमात्र हैन देशैभर ढिलाइ भएको हो।’ तनहुँमा दुई ६५ मतदान केन्द्रका लागि जनशक्ति खटाउने योजना रहेको उनले बताए।

सीतामाया र सेते विकको बसोबार रहेको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका शंकर भण्डारी र वाम गठबन्धनबाट एमालेका केदार सिग्देलसहित आठजना उम्मेदवार प्रतिस्पर्धामा छन्। तनहुँको क्षेत्र नम्बर १ मा भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र वाम गठबन्धनकातर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसहित ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.