कांग्रेस तेश्रो स्थानमा आउछ : पोखरेल

कांग्रेस तेश्रो स्थानमा आउछ : पोखरेल

बर्दिबास : माओवादी केन्द्रका नेता तथा बिना विभागीय मन्त्री गिरीराजमणी पोखरेलले आगामी मंसीर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावपछि बामपन्थीको सरकार बन्ने दावी गरेका छन् ।

महोत्तरीको गौशाला-१० लक्ष्मीनियाँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता पोखरेलले कार्यकर्तालाई इङ्कित गर्दै भने,‘कांग्रेस अगाडि आउछ की भनेर कल्पनासम्म नगर्नुस् तपाईहरु, ढुक्क हुनुस् अब नेपालमा वामपन्थीको सरकार भन्छ, यसमा कसैले शंका गर्नु पर्दैन ।' मंसिर १० र २१ गते हुने दुई चरणको प्रतिनिधि र प्रदेश सभाको चुनावमा एमाले पहिलो र माओवादी दोश्रो ठुलो दल्ल बन्ने निश्चित रहेको भन्दै उनले अघि थपे, ‘एमाले र माओवादीको बाम गठबन्धनबाट डराएको काग्रेस तेश्रो स्थानमा आउछ ।'

अहिलेसम्म नेपालको विकास नहुनुमा नेपाली कांग्रेसले ल्याएको संसदीय प्रणाली मुख्य बाधक रहेको नेता पोखरेलले आरोप लगाए । उनले भने,‘जनताले प्रतिनिधि छान्ने र प्रतिनिधिले प्रधानमन्त्री छान्ने व्यवस्थाले गर्दा देशको अहिलेको स्थिति सिर्जना भएको छ, प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने गरी अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।'

वामगठबन्धनले ५ बर्षभित्रमा नेपालको आधारभूत समस्यालाई समाधान गरेर नयाँ नेपाल बनाउने नेता पोखरेलले बताए । महोत्तरी क्षेत्र नं. १ का वामगठबन्धनका प्रनिनिधिसभाका उम्मेदवारसमेत रहेका पोखरेलले भने,‘जनताको मौलिक हकलाई सुरक्षित गरेर नेपाललाई वाम गठबन्धनले पाँच बर्ष भित्रमा समृद्ध नयाँ नेपाल बनाउँछ ।'

महोत्तरीको दुई प्रमुख शहरउन्मुख क्षेत्र बर्दिबास र गौशालालाई भौतिक पूर्वाधार विकासमा जोड दिएर विकास गर्ने कार्यमा पूर्ण रुपमा लागिने पोखरेलले बताए । बर्दिवासलाई शैक्षिक शहरको रुपमा र गौशालालाई कृषि शहरकोरुपमा विकास गर्ने सोच छ' उनले भने ।

नेता पोखरेलले ५ वर्ष भित्र महोत्तरीका सबै सडकहरु बनाइसक्ने प्रतिबद्धता जनाएका छन् । शुद्ध खानेपानी, विधुतीकरणको व्यवस्था गर्दै, शिक्षा र स्वास्थ्यमा कायापलट ल्याउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.