चुनावपछि मात्र एमाले-माओवादीबीच पार्टी एकता

चुनावपछि मात्र एमाले-माओवादीबीच पार्टी एकता

काठमाडौं : एमाले महासचिव ईश्वर पोखरेलले एमाले र माओवादीबीच चुनावपछि मात्र पार्टी एकता हुने बताएका छन्। आइतबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै एकताको खाका तयार भइसकेको भन्दै पोखरेलले चुनावपछि नै एकता हुने प्रष्ट पारे। ‘विगतमा कार्यनीतिक बाटोमा मेल नभए पनि अहिले दुई पार्टी बीचका मुद्दाहरु मिलिसकेका छन्, चुनाव लगत्तै एकताको प्रक्रिया अगाडि बढ्छ’, नेता पोखरेलले भने।

उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए। एमाले–माओवादी बीचको एकताको विरोध गर्नुभन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुने पोखरेलको भनाइ छ।

पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा आफू सहजै विजयी हुने दाबी गरे। पोखरेलले काठमाडौं ५ मा विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए।

‘जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन। हार्दा पनि यहाँका जनताको साथमा रहेको छु। विकास निर्माणका हरेक काममा साथ दिएको छु’, पोखरेलले भने, ‘म कही कतैबाट पोखिएर आएको उम्मेदवार बनेको होइन। यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु। यो पटक जित सुनिश्चत छ।’

पार्टी अध्यक्षले अरु कुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्वीकार गर्दै आफूले काम गर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.