जापानी उपविदेशमन्त्री आउँदै

जापानी उपविदेशमन्त्री आउँदै

काठमाडौं : बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन पर्यवेक्षणका लागि जापानका उपविदेशमन्त्री इवाओ होरी बुधबार काठमाडौं आउँदै छन्।उपविदेशमन्त्री होरी नेतृत्वको ५ सदस्यीय उच्चस्तरीय टोली निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विप्लव नेतृत्वको नेकपाले दिनहुँजसो उपत्यकाकेन्द्रित विस्फोट गराइरहेका बेला हुन लागेको चुनाव जापानी उपविदेशमन्त्री होरीको भ्रमण अवधिभर गृह मन्त्रालयले उच्च सुरक्षा दिने तयारी गरेको छ।होरी पछिल्लो पटक प्रधानमन्त्री सिन्जो आवे नेतृत्वको सरकारमा चौथो पटक मन्त्री बनेका हुन्।जापानले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई चासो दिइरहेको छ ।

निर्वाचनको पर्यवेक्षण गर्न आउन लागेका मन्त्री होरीले कुनै राजनीतिक भेटघाट गर्ने छैनन्।उनले नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र पाटनका केही ऐतिहासिक स्थलको भ्रमण गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।जापानले शान्तिपूर्ण निर्वाचनमार्फत नेपालको राजनीतिले स्थायित्व पाओस् भन्ने चाहेको छ।होरीले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव र ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई भेट्ने कार्यक्रम छ ।

मन्त्री होरीले काठमाडौं, भक्तपुर र ललितपुरका मतदान स्थलको पर्यवेक्षण गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.