एनआरएनए आइसीसी चाइनामा विवाद

एनआरएनए आइसीसी चाइनामा विवाद

काठमाडौँ : गैरआवासीय नेपाली सं‌घ चाइनाको विवाद सतहमा आएको छ । गत सेप्टेम्बर ३ तरिखमा २ वर्षका लागि नयाँ कार्यसमिति चयन हुन नसकेपछि विवाद छताछुल्ल भएको हो ।

नयाँ कार्य समिति चयन हुन नसकेपछि करिब निलम्वनको अवस्थामा रहेको एनआरएनए आइसीसी चाइनाले पुन: सक्रियता देखाएसँगै विवादले नयाँ रुप लिएको छ ।

अक्टोबर १६-१९ मा भएको विश्व सम्मेलन मताधिकार नपाउने भएपछि अचानक एसिया प्रशान्त क्षेत्रमा श्रीमती अमृता थापा (कन्चन) लाई सदस्यमा मनोनित गरिएपछि समस्या बढेको बताइएको छ ।

एकातिर देशको प्रतिनिधित्वसमेत अस्वीकार गरी केन्द्रीय समितिले सिधै सदस्यता थपेपछि एनआरएनए चाइनमा झनै अन्योल बढेको हो । मनोनित थापाले केही एनआरएनहरुलाई साथमा लिएर गतिविधि गरेको भन्दै अर्को समूहले आक्रोश पोखेको छ ।

नयाँ वर्ष २०१८ मनाउन भन्दै गरिएको व्यक्तिगत कार्यक्रममा एनआरएनए चाइनको नाममा पैसा उठाएकोमा पनि अर्को पक्षले आपत्ति जनाएको छ ।

कार्यसमितिका निर्वतमान पदाधिकारीहरुसँग सल्लाह नगरी नगरी एकलौटीरुपमा एउटा समूहको नेतृत्व गर्दै गतिविधि गरेको भन्दै आपत्ति प्रकट गरिएको एनआरएनए आइसीसीका एक सदस्यले बताएका छन् ।

चीनमा रहेका नेपाली समुदायले एनआरएनएमा रहेको विवाद छिटो भन्दा छिटो समाधान गर्न माग गरेका छन् । यस्ता गतिविधिले नेपालीबीच फाटो ल्याउने भन्दै उनीहरुले तत्काल समाधान निकाल्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.