बंगलादेशमा मृतक नेपालीकाे शव नेपाल ल्याइँदै

बंगलादेशमा मृतक नेपालीकाे शव नेपाल ल्याइँदै

काठमाडौँ : बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आइतबार नै नेपाल ल्याउने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै दूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई फोनमार्फत जानकारी गराएको नेपाली राजदूतावासले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

साथै घटनाका सम्बन्धमा मृतकका परिवारमा परेको पीडा र असहज परिस्थितिमा अनावश्यक अफवाह फैलने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचारबाजी भएकोप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस दुःखद घटनाप्रति संवेदनशीलतापूर्वक तथ्यगत जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ ।

घटनाको छानबिन तथा शव नेपाल लैजाने प्रक्रियामा बंगलादेश प्रहरी, कलेज प्रशासनलगायत सबैको सकारात्मक सहयोग प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका दाजु नरेन्द्र शाह घटना घटेकै दोस्रो दिन ढाका पुगेको र घटना भएकै दिन प्रहरी मुचुल्का गरी बंगलादेशको ढाका मेडिकल कलेजमा मृतकको शव परीक्षण गरिएको थियो । घटनाको थप छानबिनका लागि ढाका महानगरीय प्रहरीमा उजुरीसमेत गरिसकिएको र यी हरेक प्रक्रियामा निजका दाजुसहित नेपाली राजदूतावास संलग्न रहेको जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.