नेपाली महावाणिज्यदुत अर्याल सम्मानित

 नेपाली महावाणिज्यदुत अर्याल सम्मानित

काठमाडौ : भारतकी पुर्व प्रधानमन्त्री एवं भारतीय नेतृ इन्दिरा गान्धीको जन्म दिवसका अवसरमा इण्डियन फोटो एण्ड कल्चरल लभर्स वेलफेयर फाउण्डेशनले कोलकत्ताका लागि नेपाली महा वाणिज्यदुत एकनारायण अर्याललाई सम्मान गरेको छ ।
नेपाल र भारतको सास्कृतिक सम्वन्ध प्रवद्र्धनमा महत्व पुर्ण योगदान दिए वापत अर्याललाई 'इन्टरनेशनलएक्सलेन्सी अवार्ड'ले सम्मानित गरिएको हो । गान्धीको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा फाउण्डेशनका सचिव रोविनदासले महावाणिज्यदूत अर्याललाई सम्मान गरेका हुन् । कलकत्तामा रहदा अर्यालले नेपाल र भारतको द्धिपक्षीय हीतमा उल्लेख्य काम गरिरहेको फाउण्डेशनले जनाएको छ । सो अवसरमा फाउण्डेशनद्धारा व्रम्हचारी मुरालभाई , कवि सञ्जय मल्लिक, पुर्व राजपाल श्यामोलकुमार सेन, शिक्षक निर्मलेन्दु भट्टाचार्य लगायतलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.