मुम्बइमा आगलागीबाट चौधको मृत्यु

मुम्बइमा आगलागीबाट चौधको मृत्यु

मुम्बइ: भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने स‌ंख्‍या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ।

यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते छन् । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रणमा लिइएको बताइएको छ।

आगलागीको कारण पत्ता लागेको छैन। प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ। आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन। आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस् भनी भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत दुख्‍ख व्यक्त गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.