निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदैछन्। विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो। निर्वाचनको समीक्षाको लागि उनी हिमाचल जाँदैछन्।

हिमाचल प्रदेशमा विधानसभाको ६८ सिटमा काँग्रेस पार्टीले २० र भारतीय जनता पार्टी ९बिजेपी०ले ४४ सिटमा विजय हाँसिल गरेको थियो। अघिल्लो कार्यकालमा भारतीय काँग्रेसले नै सरकार बनाएको सो प्रदेशमा यस पटकको चुनावमा भने काँग्रेसले पराजय भोग्नु परेको थियो।

अध्यक्ष गान्धीले हिमाली राज्यको एक दिने यस भ्रमणका क्रममा सिम्लामा निर्वाचन खटिएका कार्यकर्ता र मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको बताइएको छ। 

यसअघि पनि निर्वाचनको समीक्षाकै लागि अध्यक्ष गान्धी यसै हप्ताको सुरुमा गुजरात पुगेका थिए। गुजरातमा भने यसअघिको तुलनामा विधान सभाको निर्वाचनमा काँग्रेस पार्टीले बढी स्थानमा विजय हातपार्न सफल भएको थियो।

यद्यपी यहाँको राज्य सरकार भने भारतीय जनता पार्टी (बिजेपी)ले नै बनाएको छ। गएको २२ बर्षदेखि यो राज्यमा भारतीय जनता पार्टीले नै सरकार बनाउदै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.