दक्षिण कोरियामा यसरी मनाइयो टोपी दिवस

दक्षिण कोरियामा यसरी मनाइयो टोपी दिवस

सउल : विश्वभर छरिएर रहेका नेपालीले अग्रेजी नयाँ वर्षलाई राष्ट्रिय टोपी दिवसका रुपमा मनाएका छन् । दक्षिण कोरियामा पनि राष्ट्रिय टोपी दिवसको अवसरमा यहाँ कार्यरत नेपाली युवाहरुले नेपाल चिनाउने अभियान दिएर पदयात्रा सम्पन्न गरेका छन् ।

नेपाली टोपी, दौरा सुरुवाल पहिरिएका झण्डै एक सय भन्दा बढी युवाहरुले राजधानी सउलको रेल स्टेशनबाट नाम्सान पहाडमा रहेको सउल टावर सम्म पदयात्रा गरेका थिए ।

ढाका टोपी लगाएका नेपाली युवायुवतीहरु करिब पौने घण्टा उक्त सउल टावर पुगेका थिए । टावर सम्मको पदयात्राका क्रममा नेपाली युवाहरुले ढाका टोपी, नेपालको पर्यटकीय स्थलका पर्चा पम्पलेट र नेपाल भ्रमणका लागि कोरियन र विदेशी पर्यटकलाई निम्तो समेत दिएका थिए ।

ढाका टोपी नेपालको राष्ट्रिय चिनारी समेत रहेकोले यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने आवाजका साथ पदयात्रा गरिएको अभियानमा सहभागी ज्ञानी मान्छेले बताउनु भएको छ ।

नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि परदेशबाट भएपनि आवाज उठाउनु परेको सहभागी अर्का नेपाली युवाले बताउनु भयो । यस्तै सहभागी मध्ये अर्का एलबी श्रेष्ठले पनि नेपालको ढाका टोपी अन्य मुलुकको भन्दा युनिक पहिरन भएकोले यस्लाई संस्थागत गर्न र यसै मार्फत देशलाई चिनाउने अभियान अन्तर्गत अभियानमा सहभागी भएको बताए ।

यसैगरी टोपी, दौरा सुरुवालाई राष्ट्रिय पोशाकमा नयाँ बन्ने सरकारले संविधानमा संस्थागत गर्नुपर्ने आवाज पनि नेपाली युवाको छ । नेपालको रामबाट सामाजिक सञ्जालमा परिचित युवाले नेपालीको पहिचान युक्त पोशाक लोप हुने खतरा रहेकोले यसलाई जोगाउन सरकार पनि अग्रसर हुनुपर्ने जोड दिनु भएको छ ।

यसैबीच दैनिक लाखौ स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने उक्त पदयात्रामा भेटिएका पर्यटकलाई नेपालीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण गर्न पनि आह्वान गरेका थिए ।

सञ्जय खत्रीसहितका नेपाली युवाले पर्यकटलाई नेपालका सुन्दर पर्यटकीयस्थल रहेका पर्चा पम्लेट पनि वितरण गरेका थिए । केही पर्यटकले नेपाल भ्रमण गर्न आतुर रहेको बताउँदै आगामी वर्षको टुर नेपाल रहेको योजना सुनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.