कुवेतमा अवैध कामदारका लागि एक महिने आममाफी सुरु

कुवेतमा अवैध कामदारका लागि एक महिने आममाफी सुरु

कुवेत : कुवेतले अवैध कामदारलार्इ आममाफी अफर दिएको छ । उसले जनवरी २९ देखि फेब्रुअरी २२ सम्म‌ (माघ १५ देखि फागुन १० गतेसम्म) कुवेतले आफ्नो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अबसर घोषणा गरेको हो ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने जनाएको छ । उक्त अवसरबाट नेपालीहरु पनि लाभान्वित हुने भएका छन् । कुवेतस्थित नेपाली दूतावासले आममाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा वैधानिक भएर काम गर्नेबारे निर्णय लिर्इ प्रकृयाबारे अघि बढ्न आह्वान गरेको छ । दूतावासले एक सूचना जारी गरी पछिल्लो पटक एमनेष्टिबारे स्पस्ट पारेको छ। सूचनामा गैरकानूनी भएका कामदार कसरी स्वदे फर्कन वा भिसा लगाएर कुवेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने उल्लेख गरेको छ ।

दूतावासद्वारा जारी सूचना अनुसार कुवेत सरकारले २३ जनवरी २०१८ मा आवासीय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुदा नभएका र यात्रा बन्देज नलगाएका कामदारहरुको हकमा आफुसँग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने व्यवस्थाको गरेको जानकारी दिएको थियो ।

अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण लिएका र मोवाइल लिएका भने मुदा एव हिसाब फस्यौटा नभए सम्म जान नसक्ने दूतावासले जनाएको छ । त्यस्तै चोरीको उजुरी नपरेका वा आपराधिक मुदा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनिका कामदारले भने सर्तहरु पुरा गरेर एवम् जरिवाना तिरेर आवासीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ ।

राहदानी नभएका कामदारले अनुमति पत्रको लागि नागरिकता वा पासपोर्टको पुरानो प्रतिलिपि एव दुर्इ प्रति निलो पृष्टभूमिमा खिचिएको ६ x ४ cm को फोटो सहित नेपाली दुतावासमा सम्पर्क गर्न समेत दुतावासले जानकारी गराएको छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.