मुख्यमन्त्री चयन प्रक्रिया सुरु

मुख्यमन्त्री चयन प्रक्रिया सुरु

बुटवल : वाम गठबन्धनले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झासमक्ष बहुमत सहितको दाबीपत्र पेस गरेको छ। दुई ठूला दल एमाले र माओवादी केन्द्रको दाबीसँगै प्रदेश ५ मा मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ।

आइतबार कार्यालयमा पत्र बुझ्दै प्रदेश प्रमुख झाले संविधानको अधीनमा रहेर मुख्यमन्त्री चयन गर्ने बताए। ‘उहाँहरूले पत्र पेस गर्नुभएको छ, लेखिएको व्यहोरा हेरेर नियुक्ति प्रक्रिया अघि बढ्छ,’ उनले भने।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुखले निर्वाचन आयोगबाट मतपरिणाम जारी भएको ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ। सोही कानुन पछ्याउँदै प्रदेश प्रमुख झाले पोखरेललाई नियुक्ति प्रदान गर्ने बताए।

बहुमतसहितको दाबीपत्र पेस गरेसँगै मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको हो। दुई दलका संसदीय दलका नेताले हस्ताक्षर गरी पत्र बुझाएका छन्।

एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्रका नेता कुलप्रसाद केसीसहित दुई पार्टीका केन्द्रीय नेताको समेत उपस्थितिमा प्रदेश प्रमुखलाई पत्र बुझाइएको थियो। शंकर पोखरेलले पत्र बुझाउनुको पत्रव्यहोरा प्रदेश प्रमुखलाई बताएका थिए।

८७ सांसद रहेको प्रदेश ५ मा दुई दलका ६१ सदस्यसहित स्पष्ट बहुमत छ। मुख्यमन्त्रीको शपथ ग्रहण फागुन ३ गते गर्ने तयारी भएको छ। त्यसको व्यवस्थापन प्रदेश प्रमुख कार्यालयले गर्नेछ। सडक विभाग परिसरमा शपथ ग्रहण गराउने तयारी गरिएको छ।

‘फागुन ३ गते शपथ ग्रहण कार्यक्रम हुनेछ, नेता पोखरेलले भने। मुख्यमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिमण्डल बन्नेछ। तीन सदस्यीय मन्त्रिमण्डलमा एमाले र माओवादी केन्द्र नै सहभागी हुने नेता पोखरेलले बताए। मुख्यमन्त्री नियुक्ति र आफ्नो कार्यालय व्यवस्थापन आफैं गर्नुपर्ने जिम्मेवारीसाथ अघि बढिने उनले बताए।

‘मन्त्रिमण्डल विस्तार र कार्यालय व्यवस्थापनका काम सँगसँगै गर्नुपर्ने अवस्था छ, सबै प्रक्रिया पहिलो र नयाँ भएकाले त्यसैअनुरूप अघि बढ्छौं,’ उनले भने।

मुख्यमन्त्री चयनको दाबी पेस गर्नुअघि आइतबार माओवादी संसदीय दलको नेतामा कुलप्रसाद केसी चयन भएका थिए। ६ वटै प्रदेशमा मुख्यमन्त्री र सभामुख वाम गठबन्धनकै सहमतिअनुसार चयन भइरहेकाले दुई पार्टीबीच एकता हुनेमा शंका नगर्न नेताहरूले आग्रहसमेत गरेका छन्।

केन्द्र र सातै वटा प्रदेशमा सरकार बनेपछि पार्टी एकता हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए।

‘पार्टी एकता र सरकार निर्माण सँगै लैजाने भनेका थियौं,’ अब केही अघिपछि हुने भयो,’ उनले भने, ‘गठबन्धनकै सहमतिअनुसार प्रदेश सरकार बनिरहेकाले अब एकता हुँदैन भन्नु मिथ्या कुरा मात्रै हुन्।

माओवादीकै समर्थनमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेपछि प्रदेश ५ मा सभामुख छनोटको प्रक्रिया सुरु भएको छ। सभामुखमा माओवादी सांसद सुदर्शन बलाल चयन हुने भनिए पनि माओवादीले अझै निर्णय गरिसकेको छैन। फागुन २ गते बस्ने संसद् बैठकले सभामुख चयन गर्नेछ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.