अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु

एजेन्सी : संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।

अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका १९ वर्षीय निकोलस क्रुज नामका युवाले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ ।

फ्लोरिडाको पार्कल्याण्डमा रहेको 'मर्जोरी स्टोनेमन डग्लसु' नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । खबर अनुसार आक्रमणकारी छात्रले विद्यायलमा रहेको आपतकालीन अवस्थामा बजाउने घण्टी बजाएका थिए । विद्यार्थीहरु भागाभाग गर्न थालेपछि भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । स्थानीय समय अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर घटना घटेको हो ।

सुरक्षा बलले दिएका जानकारी अनुसार मृतक १२ जनाको शव भवनभित्र, दुई जनाको विद्यायलय परिसरमा र दुई जनाको सडकमा फेला परेको थियो । एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ ।

आक्रमणकारीलाई हिरासतमा राखी आक्रमणको कारण बारे अनुसन्धान भइरहेको सुरक्षा निकायलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.