अधिनायकवादी पात्रबाट आज मुलुकले उन्मुक्ति पायो : नवराज सिलवाल

अधिनायकवादी पात्रबाट आज मुलुकले उन्मुक्ति पायो : नवराज सिलवाल

काठमाडौं : पूर्व डीआईजी एवम् एमाले सांसाद् नवराज सिलवालले आजबाट एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् । निर्वतमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आफूलाई अन्याय गरेको भन्दै कानुनी लडाईं लडेका सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै यस्तो ट्विट गरेका हुन् ।

आईजीपी नियुक्ति प्रकरणमा आफूलाई बाइपसा गरेपछि एमालेमा प्रवेश गरेर ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सिलवालले प्रधानमन्त्रीको राजीनामा आए लगत्तै यस्तो ट्विट गरेका हुन् ।

उनले प्रधानमन्त्रीको नाम उल्लेख नगरेपनि उनको ट्विट प्रधानमन्त्रीतर्फ लक्षित गरेको प्रष्ट हुन्छ । सिलवाल अझै आईजीपी प्रकरणमा कीर्ते कागज गरेको आरोपमा प्रहरीको अनुसन्धानमै छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने भनेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सिलवालले बिहीबार प्रधानमन्त्रीको राजीनामा आएपछिको ट्विटमा लेखेका छन्, ‘कानुनको धज्जी उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.