रवीन्द्र मिश्र भन्छन्: ओली र प्रचण्डको सत्कर्मबाट देशले फड्को मार्छ
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो सत्तारोहणबारे विवेकशील-साझा पार्टीका नेता रवीन्द्र मिश्रले रोचक प्रतिक्रिया दिएका छन् ।
बिहीबार ओलीले प्रधानमन्त्री पदको सपथ लिएसँगै मिश्रले रोचक प्रतिक्रिया दिएका हुन् । उनले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनमा धेरै पीडा भोगेको बताउँदै उनीहरुको ध्यान सत्कर्ममा केन्द्रित भयो भने मुलुकले ५ वर्षमा ठुलो फड्को मार्न सक्ने बताएका हुन् ।
'कहिलेकाहीँ मान्छेमा पीडाले अध्यात्म जगाउँछ। प्रम ओली र समर्थक प्रचण्डले जीवनमा धेरै पीडा बेहोरेका छन्', मिश्रले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, 'जीवनको यो कालखण्डमा विगतका पीडाले उनीहरूमा अध्यात्म जाग्यो र उनीहरूको ध्यान सतकर्ममा केन्द्रित भयो भने देशले ५ वर्षमा ठूलो फड्को मार्न सक्छ। धेरै धेरै शुभकामना !'
कहिलेकाहिँ मान्छेमा पीडाले अध्यात्म जगाउँछ। प्रम ओली र समर्थक प्रचण्डले जीवनमा धेरै पीडा बेहोरेका छन्। जीवनको यो कालखण्डमा विगतका पीडाले उनीहरूमा अध्यात्म जाग्यो र उनीहरूको ध्यान सतकर्ममा केन्द्रित भयो भने देशले ५ वर्षमा ठूलो फड्को मार्न सक्छ। धेरैधेरै शुभकामना! (फोटो: सेतोपाटी) pic.twitter.com/g4AqjeVsun
— Rabindra Mishra (@RabindraMishra) February 15, 2018