सौर्य ऊर्जाबाट डायलासिस सेवा
चितवन : रत्ननगर बकुल्हर अस्पतालामा सौर्य ऊर्जाबाट डायलासिस सेवा सञ्चालन गरिएको छ। पर्वि चितवनमा रहेको एक मात्र सरकारी अस्पतालमा सौर्य ऊर्जाको माध्यमबाट मिर्गौला रोगीको डायलासिस गर्दै आएको छ। अस्पतालमा सौर्य ऊर्जाबाट नमुना डायलासिस युनिट सञ्चालन गरिएको हो। २१.६ किलोवाट ऊर्जा उत्पादन गरेर अस्पतालको सेवा सञ्चालन गरिएको छ। अस्पतालको छतमा सोलार प्यानल राखिएको छ। त्यसबाट आउने ऊर्जाले अस्पतालका सबै मेसिन सञ्चालन गरिएको छ।
यसले विद्युत् खपत भएपछि आर्थिक भार कम भएको छ। लोडसेडिङले सेवा प्रभावित नहोस् भनी सौर्य ऊर्जा प्रयोग गरिएको अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले बताए। यो प्रयोग दक्षिणपूर्वी एसियामै पहिलो भएको श्रेष्ठले बताए। ‘सोलारबाट पूरै अस्पताल चल्ने रैछ भन्ने उदाहरण हो,’ उनले भने, ‘यसको सफलताले डोल्पामा पनि डायलासिस सञ्चालन गर्न सकिन्छ भन्ने देखाएको छ’।
‘शान्ति मेड नेपाल’को सहयोगमा रत्ननगर अस्पताल पूर्ण सोलारबाट सञ्चालित छ। विद्युतीय सेवाको प्रयोगमा लोडसेडिङका कारण उपचार सुविधा प्रभावित हुन थालेपछि करिब ९६ लाख रुपैयाँको लागतमा दुई वर्षअघि सौर्य उपकरण जडान गरिएको हो। डायलासिसबाहेकका सेवालाई राति विद्युतबाट सञ्चालन गरिएको छ।
शान्ति मेड नेपालकी अध्यक्ष स्विस नागरिक डा. रुथ गोन्सेथले सोलारका लागि ६५ प्रतिशत सहयोग जुटाएकी थिइन्। बाँकी ३५ प्रतिशत भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरेको हो। अस्पतालमा गोन्सेथले नै डायलासिस सेवा सुरु गराएकी हुन्। उनले अन्य स्वास्थ्य उपकरण, मिर्गौला उपचार केन्द्र सञ्चालन र अस्पतालको भवन निर्माणमा सहयोग गरेकी हुन्। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. अजय न्यौपानेले सौर्य ऊर्जाको प्रयोगबाट सेवाको प्रभावकारिता बढेको बताए। ‘वातावरण र बिरामीमैत्रीको सेवामा प्रभावकारी बनेको छ’, डां न्यौपानेले भने।
लोडसेडिङले सेवा प्रभावित नहोस् भनी सौर्य ऊर्जा प्रयोग गरिएको अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले बताए।
अस्पतालका सबै सेवालार्ई सौर्य ऊर्जाबाट चलाइएको छ। अस्पतालको ल्याब, इमरजेन्सीलगायत सेवा सौर्य ऊर्जाबाट सञ्चालन गरिएको छ। २०७२ मंसिर १५ गतेबाट सेवा सुरुवात गरिएको हो। करिब ९० लाख रुपैयाँ पर्ने डायलासिसका लागि आवश्यक ६ वटा मेसिन अस्पतालमा जडान गरिएको छ। कारण, अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप पनि बढेको छ। ‘डायलासिस गर्दा गर्दै विद्युत् कटौती भए बिरामीमा असर पर्न सक्छ,’ मिर्गौला विशेषज्ञ डा. नवीनबहादुर बस्नेतले भने, ‘सौर्य ऊर्जा भएपछि सहजै काम गर्न पाएका छौं।’
दैनिक चार सय बिरामीले ओपीडी सेवा लिइरहेका छन्। मेसिन अपुग भएपछि रोटरी क्लब अफ नारायणगढले थप ३ वटा मेसिन सहयोग गर्ने भएको छ। रोटरी इन्टरनेसनलको ग्लोबल ग्रयान्डको सहयोगमा करिब ३४ हजार २ सय चालीस डलर बराबरको सहयोग गरेको छ। बकुलहर रत्ननगर स्वास्थ्य चौकीलार्ई सरकारले २०६५ सालमा स्तरोन्नति गरी १५ शैड्ढयाको अस्पताल बनाएको थियो।