भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल आईसीयू सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल आईसीयू सञ्चालन

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले पाँच शय्याको मेडिकल आईसीयू सञ्चालनमा ल्याएको छ । क्यान्सर उपचारको क्रममा केमो लिएर सघन उपचार गर्नुपर्ने बिरामीहरुलाई लक्षित गरी उक्त आईसीयू सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका मेडिकल निर्देशक प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर उपचारको उपचारको क्रममा केमो लिएका बिरामी र तिनका परिवारबाट धेरै माग आएपछि उक्त आईसीयू सञ्चालनमा ल्याइएको जानकारी दिए ।

अस्पतालले यसअघि नै सर्जिकल विभाग, हेमाटोलोजी विभाग र पोस्ट अपरेसनतर्फ आईसीयू सञ्चालनमा ल्याइसकेको छ । तर यी विभागका आईसीयूमा केमो लिएका बिरामीहरुको सघन उपचार गर्न सम्भव नभएपछि केमो लिएका बिरामीहरुको लागि छुट्टै मेडिकल आईसीयू सञ्चालनमा ल्याइएको मेडिकल निर्देशक प्रो.डा. श्रेष्ठले बताए ।

‘हामीसँगै पहिल्यै सर्जिकलतर्फ ६ शय्या, पोस्ट अपरेसनतर्फ पाँच र हेमाटोलोजीतर्फ तीन शय्याको आईसीयू सञ्चालनमा छन्’, उनले भने, ‘अहिले पाँच शय्याको मेडिकल आईसीयू सञ्चालनमा ल्याएका छौं । जसअनुसार अस्पतालमा आईसीयूतर्फ १९ शय्या पुगेको छ ।’

अस्पतालमा सञ्चालनमा ल्याइएको मेडिकल आईसीयूको मंगलबार एक कार्यक्रमबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

उक्त अवसरमा अध्यक्ष श्रेष्ठले मेडिकल आईसीयू सञ्चालनमा आएसँग क्यान्सर उपचार गर्न केमो लगाएका बिरामीहरुले अस्पतालमा गुणस्तरीय एवं सहज उपचार सेवा पाउने विश्वास व्यक्त गरे । उनले केमो लगाएका बिरामी र तिनका परिवारहरुको मागअनुसार अस्पतालले उक्त आईसीयू सेवा सुरु गरेको जानकारी दिए ।
अस्पतालका मेडिकल निर्देशक प्रो. डा. श्रेष्ठका अनुसार केमो लिएका धेरैजसो बिरामीहरुलाई संक्रमण हुने गर्छ । जसले गर्दा अस्पतालमै भर्ना गरेर उनीहरुको उपचार गर्नुपर्छ ।

‘केमो लिएर संक्रमण भएका बिरामीहरुलाई साधारण वार्डमा राखेर उपचार सम्भव हुँदैन’, उनले भने, ‘उनीहरुलाई सघन उपचार नै आवश्यक हुन्छ । तर यसअघि हामीकहाँ सघन उपचारको व्यवस्था नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए । अब छुट्टै आईसीयूको व्यवस्थाले बिरामीले अन्यत्र जानु नपर्ने भएको छ ।’

मेडिकल आईसीयूको व्यवस्थाले अन्य क्यान्सर बिरामीहरुले पनि गुणस्तरीय उपचार पाउने उनको दावी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.