शोकमा डुबे बंगलादेशमा पढ्ने विद्यार्थी : मेडिकल कलेज तीन दिन बन्द

शोकमा डुबे बंगलादेशमा पढ्ने विद्यार्थी : मेडिकल कलेज तीन दिन बन्द

काठमाडौं : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि जलालाबाद रागिब रबिया मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत निष्ठा शाही ठकुरी व्याकुल छिन्। उनी भन्छिन्, ‘केही साथी बेहोस भए। पुस्तकालय र क्यान्टिनमा सधैं देखिरहने ११ जना एकसाथ गुमाउनु पर्दा हामी शोकविह्वल छौं।’

एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर छुट्टीमा घर फर्कंदा विमान दुर्घटनामा परेका १४ विद्यार्थीमध्ये १२ जनाको निधन भयो र २ जनामात्र बाँच्न सफल भए। जलालाबाद रागिब रबिया मेडिकल कलेजमा अध्ययनरत ११ जना सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एन्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल र आश्ना शाक्यको दुर्घटनामा निधन भयो। दुर्घटनामा निधन भएकी श्रेया झा भने कुमुदिनी महिला मेडिकल कलेजमा अध्ययनरत थिइन्। एमबीबीएस अध्ययनरत रिदम उप्रेती भन्छिन्, ‘उहाँहरू बोलेको झझल्को आइरहेको छ।’

दुर्घटनामा परेका १४ जनामध्ये समीरा व्यञ्जनकार र प्रिन्सी धामी मात्र बाँच्न सफल भएका छन्। नेपाली विद्यार्थीको मृत्युपछि जलालाबाद र कुमुदिनी महिला मेडिकल कलेज तीन दिन बन्द गरिएको छ। त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तनावमा छन्। बंगलादेशको राजधानी ढाकाबाट १४ जना चिकित्साशास्त्रका विद्यार्थीसहित ६७ यात्रु बोकेर आएको विमान अवतरण गर्दा दुर्घटना भएको थियो। कलेज परिसरमा देखिने अग्रजहरूको निधन भएको खबर पाएलगत्तै सबै नेपाली विद्यार्थी शोकमा डुबेको ठकुरीले बताइन। उनले भनिन्, ‘सबै स्तब्ध भएका छौं। आँखा अगाडि सधैं देखिरहने दाजुदिदीहरू अब कहिल्यै फर्किनु हुन्न भन्ने सोच्दा मन चिसो हुन्छ। यस्तो फेरि कहिल्यै नहोस्।’

जलालाबाद मेडिकल कलेजका प्रिन्सिपल डा.अबेद हुसेनसहित विद्यार्थीहरूले बुधबार साँझ चिर शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका थिए। नेपाल-बंगलादेश मेडिकल वेलफेयर सोसाइटीले पनि घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेको ठकुरीले बताइन्। वल्र्डवाइड स्टुडेन्ट अर्गनाइजेसन बंगलादेशको कार्यसमिति सदस्य रतन सुवेदीले चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीमा तनावमा रहेको बताए। इस्टवेस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सुवेदीले भने, ‘प्रायः सबै मेडिकल कलेजमा मैनबत्ती बालेर शोक सभा गरिएको छ। सबै शोकग्रस्त छन्।’

विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, एक जना चिनियाँ, एक जना माल्दिभ्सका नागरिकका साथै ४ जना चालक दलका सदस्य गरी ७१ जना थिए। तीमध्ये ४९ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.